
नयाँ बिकल्प,
बिराटनगर – तत्कालिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट समूहको तर्फबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ ।
सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेको हो ।
तत्कालिन नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेशसभा सचिवालयमा मुखयमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्ताव आङ्बोले पेश गरेका थिए । प्रदेश सभाको सोमबारको बैठकमा आङ्बोले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।
अविश्वासको प्रस्तावको समर्थक रहेका नेकपा (एमाले)का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास कायम रहेको बताए । अविश्वास प्रस्तावका समर्थक राईले अविश्वास प्रस्ताव फिर्ता गर्नुपरे पनि सरकारप्रति आफूहरूको विश्वास नभएको बताए ।
गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।
नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो । ९३ सदस्यीय प्रदेश नं १ मा एमाले एक्लैको ५१ सांसद छन भने कांग्रेसको २१ र माओबादीका १४ सांसद छन् । एक सांसद टंक आङ्बोहाङलाई माओबादी केन्द्रले सोमबार मात्रै कारबाहीको सिफारिस गरेको छ ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...