
नयाँ विकल्प,
काठमाडौं – संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि बुधबार हुने केन्द्रीय समिति, १० वटा प्रदेश समिति, सबै जिल्ला र ४० वटा प्रतिष्ठानको निर्वाचनमा विपुल पोखरेल नेतृत्वको प्यानल अग्रस्थानमा छ ।
लोकतान्त्रिक, प्रगतिशिल, समावेसी, श्रमजीवी पत्रकारहरुको संयुक्त प्यानलको साझा उम्मेदवारहरुको नेतृत्व गरेका बिपुल पोखरेल अध्यक्षका प्रत्यासी भएका छन् । पत्रकार महासंघका करिव दुई दशक अघि पटक पटक नेतृत्वमा पुगेका पोखरेल आमसंचारकर्मीमाझ लोकप्रीय मानिन्छन् ।
बिपुल नेतृत्वको प्यानलका उम्मेदवारहरुलाई नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (विमसु नेतृत्वको) र प्रगतिशिल पत्रकार संघ नेपालले समर्थन गरेको छन् ।
पोखरले नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष (महिला)मा बाला अधिकारी, उपाध्यक्ष (समावेसी)मा उदय जीएम, महासचिवमा रोशन पुरी, सचिवहरु खुलामा गोविन्द चौलागाईं, महिलामा सृजना अर्याल, दलितमा हेमकर्ण विक, आदिवासी÷जनजाति नारायण किलम्बु, मधेशीमा दिपेन्द्र चौहान, र एसोसिएटमा पवन आचार्य उम्मेदवार बनेका छन् ।
विपुल प्यानलको कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने, खुल्ला केन्द्रीय सदस्यमा छबिलाल तिवारी, बासुदेव शर्मा ‘बबिन शर्मा’, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री प्रत्यासी बनेका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरुमा महिला सदस्य(खुला) सरिता तिमिल्सिना, महिला सदस्य (मधेशी) ललिताकुमारी साह, महिला सदस्य आदिवासी÷जनजाति) शान्ता आङबुहाङ, महिला सदस्य (दलित) सरिता बराइली, सदस्य आदिवासी÷जनजाति सदस्य भीषन राई, आदिवासी जनजाति (महिला) सन्चकुमारी लामा तामाङ (सन्चु), दलित सदस्य प्रकाश धौलाकोटी, दलित महिला सदस्य राधा नेपाली, सदस्य (मधेशी) सुभाषप्रसाद साह, सदस्य (मधेशी महिला) रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) नवीन रिजाल र सदस्य (अल्पसंख्याक) इफ्तार हसन (इकवाल अहमद) रहेका छन् ।
विपुल समूहबाट लेखा समिति सदस्यमा मुकुन्द प्रसाद भण्डारी र लेखा समिति सदस्यमा देवी सापकोटा उम्मेदवार बनेका छन् । भूगोलको आधार केन्द्रीय सदस्यको उम्मेदवार हुुनेमा प्रदेश १ बाट अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश २ बाट अनिल मिश्र र शिव पुरी, बागमती प्रदेशबाट ध्रुव रावल र सुनिल खड्का, गण्डकी प्रदेशबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्विनी प्रदेशबाट भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णली प्रदेशबाट दिपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट उत्तरसिंह विष्ट र भरतबहादुर शाह, उपत्यका प्रदेशबाट शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठानबाट गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एसोसिएटबाट ओमबन्धु कार्की र विकास कार्की रहेका छन् ।
उपत्यका प्रदेश र प्रतिष्ठानमा झा र अधिकारी प्यानल जीत नजिक

विपुल पोखरेल नेृतृत्वको प्यानलबाट उपत्यका प्रदेश समिति अध्यक्षमा सृजन झा, उपाध्यक्षमा बीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोक्का (टेनिस), सचिव (खुल्ला) रोशनराज पाण्डे, सचिव (समावेसी) अमर भुजु र कोषाध्यक्ष अर्जुन पन्तले उम्मेदवारी दिएका छन् ।
यस्तै, खुल्ला सदस्यमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्र प्रसाद न्यौपाने, विष्णुकुमार गिरी (निश्चल), रमाकुमारी न्यौपाने र विधुर ढकाल छन् । उपत्यका प्रदेश सदस्यमा आदिवासी ÷जनजाति सदस्य अर्जुनबहादुर तामाङ, र रत्नकृष्ण श्रेष्ठ र दलित सदस्यमा सुशील दर्नाल रहेका छन् ।
यसैबीच प्रतिष्ठान अध्यक्षमा बालकृष्ण अधिकारी, खुल्ला उपाध्यक्षमा वीरेन्द्र ओली, महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, महासचिवमा रामकुमार शाही, खुल्ला सचिव नरेन्द्र मानन्धर, समावेसी सचिव पार्वती खड्का, कोषाध्यक्ष केशवप्रसाद बोहोरा उम्मेदवार बनेका छन् ।
प्रदेश १ को अध्यक्षमा विपुल प्यानलले लिलाबल्लभ घिमिरे, खुल्ला उपाध्यक्ष लवदेव ढुंगाना, महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ, महासचिव विवेक गौतम, खुल्ला सचिव देवेन्द्र कार्की, समाबेसी सचिव सन्तोष यादव र कोषाध्यक्ष बिमल लामिछानेलाई उम्मेदवार बनाएको छ ।
खुल्ला प्रदेश सदस्यमा गोपालप्रसाद पोखरेल, तोयानाथ भट्टराई, धु्रव भट्टराई, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, महिला सदस्य चिनु तिम्सिना, महिला सदस्य माला पालुङ्वा र सुशीला पाठक, आदिवासी जनजाति सदस्य विष्णु सुब्बा र नमनकुमार दनुवार, दलित सदस्य पिबी पदयाली, मधेशी सदस्य प्रमोदकुमार यादव र ब्रम्हदेव यादव, अल्पसंख्यक सदस्य लिलाबहादुर सुनुवार र यमनकुमार दनुवार रहेका छन् ।
प्रदेश नम्वर २ को अध्यक्षमा नविल किशोर यादव, उपाध्यक्ष राजु विश्वकर्मा, महिला उपाध्यक्ष, ज्याति झा, महासचिव असोककुमार तिवारी, कोषाध्यक्ष शैलेन्द्र महतो, सचिव अजित कुमार सिंह, सचिव (समावेसी) उपेन्द्रप्रसाद यादव, खुल्ला सदस्यमा दीपकप्रसाद गौतम, महेश्वर अधिकारी, बैद्यनाथ चौधरी, अजय साह, महिला सदस्यमा प्रतिमा झा, बरुणा यादव र सुधा देव, दलित सदस्य राम एकवाल महरा, मधेशी सदस्य धनवीर महतो र आदिवासी÷जनजाति सदस्य शंकर श्रेष्ठ विपुल प्यानलबाट आधिकारिक उम्मेदवार बनेका छन् ।
गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा अध्यक्ष, दिपक भट्टराई उपाध्यक्ष, सोनी शर्मा महिला उपाध्यक्ष, गोविन्द प्रसाद सुवेदी महासचिव, यदुनाथ बञ्जरा खुला सचिव, शुशिलबाबु श्रेष्ठ (कैलास) सामाबेसी सचिवमा र राजेन्द्र न्यौपाने कोषाध्यक्षको उम्मेदवार भएका छन् ।
गण्डकी प्रदेशमा खुल्ला सदस्यहरु प्रकाश डोटेल, परशुराम शर्मा, ताराप्रसाद शर्मा, प्रदीप पोडेल, रमेश वास्ताकोटी, सुनिल पाण्डे, लोकेन्द्रबहादुर सुनार, महिला सदस्यमा राधिका शर्मा कँडेल र रोशनी गुरुङ, रञ्जिता शर्मा, आदिवासी जनजाति सदस्य रामजी राना र रुद्रबहादुर थापा उम्मेदवार बनेका छन् । दुवैमा लोकतान्त्रिक प्यानल लोकप्रीय रहेको श्रमजीवी पत्रकारहरुले आंकलन गरेका छन् ।
सुदूरपश्चिम प्रदेश अध्यक्षमा योगश रावल, उपाध्यक्ष योगन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना, सचिवा हरिप्रसाद जोशी, समावेसी सचिव प्रेम चुनारा, खुल्ला सदस्य तपेन्द्र कुँवर, दिपेन्द्र भण्डारी, धमेन्द्र विसी, भगिरथ अवस्थी र बीरबहादुर गडाल, महिला सदस्य कालीमैया चौधरी, बन्दना बम र रामदुलारी राना, आदिवासी जनजाति सदस्य रामबहादुर दहित चौधरी, लामलखन चौधरी र दलित सदस्य भीम बिक विपुल प्यानलबाट आधिकारिक उम्मेदवार बनेका छन् ।
उपत्यकामा २३ ठाउँमा मतदान केन्द्र
नेपाल पत्रकार महासंघको बुधबार हुने निर्वाचनमा काठमाडौं उपत्यकाका २४ स्थानमा मतदान केन्द तोकिएको छ । काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, ललितपुर जिल्ला, एसोसिएट, र ४० प्रतिष्ठानको १९ ठाउँमा गरी २४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
विपुल प्यानलका उम्मेदवार विजयको लहर
महासंघको निर्वाचनमा भक्तपुर जिल्ला समितिको अध्यक्षमा जगत प्रजापति, इमेज च्यानल प्रतिष्ठानको अध्यक्षमा शंकर खनाल, कान्तिपुर पव्लिकेसन्सको अध्यक्षमा अनिल गिरी, नेपाल वाणी प्रतिष्ठानको अध्यक्षमा माधव धिताल, स्याङ्जा जिल्ला समिति अध्यक्षमा श्रीकृष्ण सिग्देलसहितको प्यानल सर्वसम्मतले विजय भइसकेको छ ।
त्यस्तै,कान्तिपुर टिभी प्रतिष्ठानमा नवराज पाण्डे, नवलपुर जिल्ला शाखमा बीरेन्द्र पराजुली, बागलुङ शाखामा नरेश कँडेल, हिमालय टाइम्स प्रतिष्ठान, मनाङ जिल्ला शाखाको अध्यक्षमा समेत विपुल प्यानलका अध्यक्ष र उनीहरुकै प्यानल सर्बसम्मतले विजयी भएका छन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...