
नया विकल्प,
काठमाडाैं- प्रधानमन्त्री ओलीसँगको गठबन्धन सरकारमा जाने वा सरकार ढालेर अरूकाे नयाँ सरकार बनाउने भन्नेमा जनता समाजवादी दलमा ( जसपा ) दुइधार देखिएकाे छ ।
जसपाकाे यही दुइधारका कारण सरकार ढाल्न तम्तयार बनेकाे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे याेजना सफल हँदैनकी भन्ने आशंका समेत बढेकाे छ ।
अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महताे प्रधानमन्त्री केपी ओलीको गठबन्धनमा सरकारमा जाने तयारीमा छन। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका पूर्व संघीय समाजवादी फोरम पक्षधरहरू कांग्रेस-माओवादीसँग गठबन्धन गर्ने पक्षमा छन्। पूर्व राजपाभित्रै पनि ओलीसँग सहकार्य गर्न नहुने मत रहेको छ।
अर्का अध्यक्ष उपेन्द्र यादव तथा परिषद् संयाेजक डा. बाबुराम भट्टराइ प्रतिगामी ओली सरकारमा कुनै हालतमा सरकारमा सहभागी हुन नसक्ने बताउँदै आएका छन् । जसपा अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीले सक्रियता देखाएकाले उनकाे सरकारमा सहभागी हुन सक्ने बताउँदै आएका छन् ।
जसपाले सरकारमा जानु अघि आम हत्यामा संलग्न भइ जन्मकैदकाे सजाय भाेगीरहेका सांसद रेशम चाैधरीकाे मुद्दा खारेज,संविधान संशोधन र नागरिकता विधेयक लगायतका माग अघि संबाेधन हुनुपर्ने सर्त अघि सारेकाे छ ।
यी माग प्रधानमन्त्रीले संवाेधन गर्ने आस्वासन दिएपनि लगभग असंभव छ । राजपाले अघि सारेकाे संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । सर्वाेच्च अदालतमा विचाराधिन रहेकाे जन्मकैद संवन्धी सांसद रेशम चाैधरीकाे मुद्दा फिर्ता लिन समेत मिल्दैन् ।
यता परिपद संयाेजक डा. बाबुराम भट्टराइ तथा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ओलीको कदमलाई प्रतिगामी भनेकाले यनकाे सरकारमा सहभागी हुने संभावना नै नरहेकाे बताउँदै आएका छन् ।
उनीहरूले प्रतिगमनविरोधी शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन्। आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनीहरूकाे तर्क छ ।
सरकारमा जाने वा नजाने भन्ने बारेमा मधेशवादीदल भित्र विवाद चर्किदै जाँदा पटक पटक पार्टी फुटेकाे उदाहरण रहेकाे भन्दै यसपटक पनि राजपा दुइ टुक्रा हुने संभावना भने टरेकाे छैन् ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...