
काठमाडौं । आमसंचारकर्मीहरुको साझा संगठन नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनको निर्वाचनबाट लोकतान्त्रिक, प्रगतिशिल, समावेसी, श्रमजीवी पत्रकारहरुको संयुक्त प्यानलको नेतृत्व गरेका बिपुल पोखरेलको प्यानलले सबै जसो स्थानमा विजय हासिल गरेको छ ।
बिपुल नेतृत्वको प्यानलका उम्मेदवारहरुलाई नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (असन्तुष्ट) र प्रगतिशील पत्रकार संघ नेपालले समर्थन गरेका छन् । पोखरेल नेतृत्वको प्यानलबाट अध्यक्षमा विजयी भएका पोखरेलले ६ ९ सय ४२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी प्रेस चौतारी नेपालको तर्फबाट उम्मेदवार बनेकी निर्मला शर्माले ३ हजार ९ सय १५ मत पाएकी छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका रमेश विष्टट विजयी भएका छन् । उनले ६ हजार ७ सय ४१ मत पाएका थिए भने विष्टका निकटतम प्रतिद्वन्दी प्रेस चौतारी नेपालका उम्मेदवार माधव नेपालले ३ हजार ७ सय ८१ मत पाएका छन् ।
उपाध्यक्ष (महिला)मा प्रेस युनियनकी बाला अधिकारी, उपाध्यक्ष (समावेसी)मा विपुल प्यानलका उदय जीएम, महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिवहरु खुलामा विपुल प्यानलका प्रेस चौतारीका गोविन्द चौलागाईं, महिलामा प्रेस युनियनकी सृजना अर्याल, दलितमा विपुल प्यानलका हेमकर्ण विक, आदिवासी÷जनजातिका प्रेस युनियनका नारायण किलम्बु, मधेशीमा प्रेस युनियनका दिपेन्द्र चौहान, र एसोसिएटमा प्रेस युनियनकै पवन आचार्य विजयी भएका छन् ।
कोषाध्यक्षमा प्रेस युनियनका कलेन्द्र सेजुवाल, लेखासमिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपाने विजयी भएका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा छबिलाल पनि विपुल प्यानलबाट प्रेस चौतारीका माधव पौडेल, प्रेस सेन्टरका बासुदेव शर्मा, प्रेस युनियनका छविलाल तिवारी, रमेश खतिवडा र शिवराज खत्रीले विजय हासिल गरेका छन् ।
यस्तै, केन्द्रीय सदस्य खस आर्य महिलामा सरिता तिमिल्सिना, महिला मधेशीमा ललिताकुमारी साह, महिला आदिवासी÷जनजातिमा शान्ता आङबुहाङ, महिला दलितमा सरिता बराइली, केन्द्रीय सदस्यको आदिवासी÷जनजातिबाट भीषन राई, महिला आदिवासी जनजातिबाट सन्चकुमारी लामा तामाङ (सन्चु), केन्द्रीय सदस्य दलितबाट प्रकाश धौलाकोटी, महिला दलित सदस्य राधा नेपाली, मधेशीमा सुभाषप्रसाद साह, मधेशी महिलामा रिङ्कुकुमारी मिश्र, सदस्य अपाङ्गताबाट नवीन रिजाल र अल्पसंख्यकबाट केन्द्रीय सदस्यमा इफ्तार हसन (इकवाल अहमद) विजयी भएका छन् ।
विपुल समूहबाट लेखा समिति सदस्यमा प्रेस युनियनका मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य महिलामा प्रेस युनियनका देवी सापकोटा बिजयी भएका छन् । भूगोलको आधार केन्द्रीय सदस्य निर्वाचित गर्न १० वटा प्रदेश समितिबाट विपुल प्यानलका २० जना उम्मेदवार भएका थिए । त्यसमध्ये १६ जना निर्वाचिन भए ।
चार जना भने चौतारी र असन्तुष्ट उम्मेदवारले विजय हासिल गरेका छन् ।
प्रदेश नं. १ बाट अमर खड्का विजयी भए । प्रदेश २ बाट प्रेस युनियनका शिव पुरी विजयी भएका छन् । बागमती प्रदेशबाट ध्रुव रावल र सुनिल खड्का विजयी भएका छन् ।
गण्डकी प्रदेशबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्विनी प्रदेशबाट भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णली प्रदेशबाट दिपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट उत्तरसिंह विष्ट र भरतबहादुर शाह, उपत्यका प्रदेशबाट शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशबाट रामकृष्ण अधिकारी, एसोसिएटबाट विकास कार्की विजयी भएका छन् ।
विपुल प्यानलका ४ उम्मेदवार केन्द्रमा पराजित
नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय समितिको निर्वाचनमा ४८ जना मात्र निर्वाचित भएका छन् । चार जना भने विपुल प्यानलकै बिद्रोही, प्रेस चौतारी र संघीय पत्रकार मञ्च निकटका पत्रकारले विजय हासिल गरेका छन् ।
यसरी पराजित हुनेहरुमा चार जना नै भूगोलबाट पराजित भएका हुन् । महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार भूगोलबाट प्रतिनिधित्व गर्न प्रदेश १ बाट उम्मेदवार बनेका श्यामकृष्ण दाहाल पराजित भएका छन् । उनलाई जनता समाजवादी पार्टीसँग निकटका पत्रकार दीपेन्द्र रुम्दाली राईले ४४ मत अन्तरले पराजित गरेका हुन् ।
यस्तै प्रदेश १ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएक बिपुल प्यानलका अनिल मिश्र १ भोटले पराजित भएका छन् । प्रेस चौतारीका आधिकारिक उम्मेदवार केसी लामिछानेले २ सय ७१ मत ल्याएका थिए भने मिश्रले २ सय ७० मत ल्याएका थिए ।
त्यसैगरी एसोसिएट प्रदेशबाट उम्मेदवार बनेका ओमबन्धु कार्की १७ मतले पराजित भएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार कृति भट्टराईले २७४ मत प्राप्त गरी हराएका थिए । कार्कीको भने २ सय ५७ मत आएको थियो ।
यस्तै, प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार भएका प्रेस युनियनका गजेन्द्र ओझा पराजित भएका छन् । प्रतिष्ठानबाट चौतारीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार मणी दाहाल विजयी भए । मणीले ४९१ मत ल्याउँदा ओझाको २ सय ८४ मत मात्र आएको थियो । ओझाको भन्दा बढी मत प्रेस युनियनकै बागी उम्मेदवार केदार प्रसाद दाहालले ४ सय ६५ मत ल्याएका थिए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...