
नयाँ बिकल्प,
काठमाडौं – सत्तारुढ नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूबिरुद्ध आउने सम्भावित अविश्वासको प्रस्ताव छल्नको लागि प्रदेश सभा अधिवेशन नै अन्त्य गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित, नेकपा माओबादी, राष्ट्रिय जनमोर्चा नेपाल र समाजबादी जनता पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गर्दै गर्दा प्रदेश सभाको अधिवेशन बुधबार राति अन्त्य गरिएको हो ।
मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका विपक्षी दलले बहुमत पुर्याउने स्थिति देखेपछि मुख्यमन्त्री गुरुङको सिफारिसमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि गण्डकी प्रदेश सभा अधिवेशन अन्त्यको सूचना जारी गरेका थिए ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको सूचना भने बुधबार बिहान मात्र टाँस गरिएपछि विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुख शेरचनको समेत आलोचना गरेका छन् । प्रदेश प्रमुख शेरचन माओबादी पृष्ठभूमिका राजनीतिज्ञ हुन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिस कार्यान्वयन नगर्ने अवस्था नरहेपछि बिहीबार बिहानको सूचना अघिल्लो दिन रातिको समयदेखि लागू हुने गरी जारी गरेको घटना प्रक्रियाप्रति भने गम्भीर त्रुटि देखिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । प्रदेश सभामा कांग्रेसका १५, माओबादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र स्वतन्त्र १ जना रहेका छन् । स्वतन्त्र प्रदेश सभा सदस्य दिपक मनाङ्गे (राजिप गुरुङ) एमालेमा प्रवेश गरे पनि उनी समेत मुख्यमन्त्री गुरुङको विरुद्धमा रहेका थिए । प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई सिफारिस गरे बमोजिम अधिवेशन अन्त्य भए पनि संविधान अनुसार पुन अधिवेशन बोलाउने तयारी भइरहेको छ ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाका एक चौथायी सदस्यले सदन आव्हानको लागि प्रदेश प्रमुख समक्ष लिखित माग गरेमा अधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ । सदनको अधिवेशन अन्त्य गरेर केही समयसम्म आफ्नो पद लम्ब्याउन मुख्यमन्त्री गुरुङ सफल हुने देखिन्छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...