
नयाँ बिकल्प,
काठमाडौं– एमाले केन्द्रीय कमिटीका सचिव समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध बिहीबार गण्डकी प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीसहित प्रदेश सभाका २८ सदस्यले हस्ताक्षर गरेका हुन् । ६० सदस्य रहेको गण्डकी प्रदेशमा सत्तारुढ नेकपा एमालेसँग २७ जना मात्र सांसद रहेका छन् ।
गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका १५, माओबादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र एक स्वतन्त्र सांसद (राजिप गुरुङ) रहेका छन् । गुरुङबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने चार दलका सांसदहरुले मुख्यमन्त्रीको रुपमा विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीलाई अघि सारेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...