
नयाँ विकल्प,
काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले अब मालपोत तथा नापी कार्यालयहरु फेसलेस,पेपरलेस र क्यासलेस भएको बताएका छन् ।
ओलीले मेरो कित्ता अनलाइन प्रणालीको बिहीबार उद्घाटन गर्दै नापी प्रशासनमा असाधारण उपलब्धि बताएका हुन । ‘म अत्यन्तै खुसी व्यक्त गर्न चाहन्छु ।
यो असाधारण उपलब्धि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यी तीन वटा लक्ष्य नापीमा मात्रै हैन,हरेक ठाउँमा बनाउँदै लैजान्छौं।’ ‘अब नापी प्रशासन ‘लेस फेस, लेस पेपर र क्यास लेस’ भएको छ’ उनले भने ।
ओलीले हरेक सरकारी कार्यालय डिजिटल बनाउदै लगेको उनको भनाई छ । उनले नयाँ–नयाँ प्रविधिको विकास गर्दै टेक्नोलोजी ट्रान्सफर पनि गरिने ओलीले बताए। अब इन्टरनेटको माध्यमबाट घरमै बसीबसी नक्सा प्रिन्ट र राजश्व बुझाउन सकिने प्रणाली सञ्चालनमा ल्याएको छ ।
‘नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम र मेरो कित्ता प्रणाली’ नाम दिएएको यो सिस्टम बिहीबारदेखि काठमाडौंको कलंकी, डिल्लीबजार र भक्तपुर नापी कार्यालयमा लागू भएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...