
नयाँ विकल्प,
काठमाडाैं- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल आज पनि छलफलमा जुट्न लागेका छन्।
काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच ‘वान टु वान’ कुराकानी आज पनि हुने भएको हो।छलफलमा भाग लिन ओली र नेपाल केहीबेरअगाडि होटल पुगिसकेका छन्।
उनीहरू बुधबार पनि यही होटलमा दुई घण्टासम्म कुराकानी गरेर फेरि भेट्ने भन्दै उठेका थिए।
एमालेमा नेपालले समानान्तर गतिविधि अगाडि बढाइरहेका छन्।
आजको भेटलाई हिजोकै निरन्तरताका रूपमा नेताहरूले अर्थ्याएका छन्। नेता नेपालले फागुन २८ को निर्णय सच्याउन ओलीलाई आग्रह गरेका छन्।
तर ओलीले गुटका कुरा नसुन्ने बताइरहेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...