ओली सरकारको विकल्पमा यस्तो बन्दैछ नयाँ गठबन्धन ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
अबको प्रधानमन्त्री देउवा की भट्टराई ?

ओली सरकारको विकल्पमा यस्तो बन्दैछ नयाँ गठबन्धन !

काठमाडौं । आइतबार दिउँसो देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक आकस्मिक रूपमा बोलाए ।

कांग्रेसको पदाधिकारी बैठक सुरू हुन नपाउँदै वालुवाटारबाटै सनसनीपूर्ण समाचार फैलियो । उक्त समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओली विरूद्व अविस्वासको प्रस्ताव दर्ता हुने अन्तिम तयारी भैरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको औंचित्य समाप्त भएको र सरकार सञ्चालनको नैतिक आधार गुमाएको निश्कर्ष सहित आफ्नै नेतृत्वमा सरका गठन गर्ने औपचारिक घोषणा गरेको कांग्रेसले प्रधानमन्त्री ओली विरूद्व अविस्वासको प्रस्ताव दर्ता गर्न लागेको हो कि भन्ने अनुमान गरियो । पछिल्लो राजनीतिक घटनाक्रम केही फरक शैलीमा अगाडि बढन लागेको संकेत देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको छायाँ सरकार गठन गरेको नेपाली कांग्रेसलाई नै छायाँमा पर्ने गरी मधेश केन्द्रित राजनीतिको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी दल (जसपा)का राष्ट्रिय संयोजक बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने गरी राजनीतिक घटनाक्रम अघि बढेको स्रोतको दावी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक बोलाएको बैठकमा १४औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रित हुने बताइए पनि राजनीतिक नयाँ कोर्सकोबारे समेत अनौपचारिक छलफल भएको बुझिएको छ ।

जेठ ६ लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे बैठकमा छलफल भएको थियो ।

काठमाडौं–नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावनाबारे बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको थियो ।

बैठक पछि एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको जानकारी गराएका छन् । ज्ञवालीले भने अविस्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको छ, प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन ।

तर कर्णालीकै जस्तो विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका छन्, तीबारे आवश्यक जानकारी लिइरहेको र यसबारे पछि निर्णय गर्ने गरी छलफल भएको उनले बताए ।

एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि गरिरहेको छ । उक्त समूहले फ्लोरक्रस गर्ने गरी अविश्वास प्रस्ताव आउन सक्ने भन्दै बालुवाटारमा छलफल भएको हो । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा एमाले सांसदहरूले नै फ्लोरक्रस गरी विश्वासको मत दिएका थिए ।

चारजना सांसदलाई एमालेले सांसद र पार्टी साधारण सदस्यताबाटै निष्काशन गरिसकेको छ । उच्च स्रोतका अनुसार सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्पमा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने संभावना प्रवल छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापती सेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पार्टीको औपचारीक घोषणा भैसकेको बेला बाबुराम कसरी प्रधानमन्त्री बन्लान् भन्ने आशंका आम रूपमा गरिएको छ ।

तर घटना पछिल्लो राजनीतिक घटनाक्रम केही फरक रूपमा अघि बढन थालेको स्रोतको दावी छ । पछिल्लो राजनीतिक घटनाक्रम अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्कापक्की भैसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार जोगाउन जनता समाजवादी दलका नेतासंग पटक पटक वार्ता गरे ।

उक्त बार्तामा जेलमा रहेका कैदी सांसद रेशम चौधरी रिहाइ गर्ने, संविधान संशोधन, तथा नागरिकताका विषयमा अनौपचारिक सहमती समेत बन्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार जोगाउन गरेको सहमति एक्लै पुरा गर्न नसक्ने अवस्था देखिएपछि जनता समाजवादी दल पर्ख र हेरको अवस्थामा रहयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न जसपा भित्रको उपेन्द्र महतो र बाबुराम भट्टराई तयार रहेपनि राजेन्द्र महतो र महन्थ ठाकुर तयार देखिएनन् । बरू ओली निकट लुम्विनी प्रदेश सरकार जोगाउन ओली पक्षका मुख्यमन्त्री शंकर पोख्रेलको सरकारमा सहभागी बन्यो । जसपा दुइ कित्तामा उभिएको फाइदा सबैभन्दा बढी तीनै प्रधानमन्त्री ओलीले लिए ।

जसपा लगभग पार्टी फुटको अवस्थामा पुग्ने र ओली सरकारकै निरन्तरता पनि रहने भएपछि जसपाले राजेन्द्र महतो पक्षका महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव ग¥र्यौ । ठाकुरलाई अघि बढन पार्टीको शिर्ष तहमा अनौपचारिक निर्णय भयो ।

ठाकुरको नेतृत्वलाई केही मित्रराष्ट्रहरूले समेत समर्थन गरेको अवस्था थियो । ठाकुरले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास नगरेको होइनन् तर पछिल्लो दुइ हप्तामा उनले सबैलाई मिलाउन सकेनन् ।

त्यसपछि पालो बाबुराम भट्टराईको नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बन्ने सरकारको विकल्पमा अहिलेसम्म कुनै निर्णय गरेको भने छैन् ।

नेपाली कांग्रेसको सहयोगमा गत निर्वाचन जितेका बाबुराम भट्टराई कांग्रेसले समर्थन गर्ला भन्ने आशामा छन् । तर दोस्रो ठूलो दल नेपाली कांग्रेस आफै प्रमुख प्रतिपक्ष रहेको अवस्थामा वैकल्पिक पार्टीको नेतृत्वमा सरकार गठन गर्न तयार रहला त भन्ने प्रश्न राजनीतिक वृत्तमा उठेको छ ।

तर ओलीको विकल्पमा नयाँ सरकार बनाउनुपर्छ भन्नेमा कांग्रेसमा पछिल्लो समय एकमत जस्तै छ । तर कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्को सरकारको विकल्पमा कुनै ठोस निर्णय भने नगरेकाले बाबुराम भट्टराइलाई समर्थन गर्छ वा गर्दैन त्यो हेर्न भने बाँकी छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १३, १४: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १३, १४: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १३, १४: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...