निषेधाज्ञा कम्तीमा १५ गर्न स्थानीय प्रशासनलाई अनुमति – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

निषेधाज्ञा कम्तीमा १५ गर्न स्थानीय प्रशासनलाई अनुमति


नयाँ विकल्प,


काठमाडाैं- सरकारले कोरोनाभाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ।

पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन्।

तर कम्तीमा १५ दिन निषेधाज्ञा लागु गर्नुपर्ने हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार सोमबारको मन्त्रिपरिषद बैठकले दिएको बताए।

‘पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमित २ सयभन्दा बढी र काठमाडौं तथा मधेशमा ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा स्थानीय प्रशासनले नै निषेधाज्ञा जारी गर्न सक्नेछ, ।

त्यस्तो निषेधाज्ञा जारी गर्दा १५ दिनका लागि जारी गर्न सकिनेछ भन्ने सैद्धान्तिक निर्णय मन्त्रिपरिषदले गरेको छ।’ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता मात्रै निषेधाज्ञा लागु गर्ने गरी सोमबार नै निर्णय गरेका थिए।

मन्त्रिपरिषद निर्णयअनुसार अब यी जिल्लामा पनि कम्तीमा १५ दिन निधेषाज्ञा लागु हुनेछन्। सबै जिल्लामा निषेधाज्ञा लागु गर्नुपर्ने छैन। ११/१२ जिल्लामा निषेधाज्ञा लागु गर्नुपर्ने हुन्छ। कहाँ निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले नै अध्ययन गरेर निषेधाज्ञा आदेश गर्छ । स्थानीय प्रशासनले अकस्मात निषेधाज्ञा जारी गर्न भने नपाउने भएको छ।

सर्वसाधारणलाई केही दिन समय दिनुपर्ने गरी निषेधाज्ञा जारी गर्न पाइनेछ। नेपाल भित्रिने नेपालीलाई सरकारले सीमामा पिसीआर परीक्षणको व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरमा राख्ने भएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले तत्काल आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने सुचारू राख्ने निर्णय गरेको छ। उडानबाट आएका विदेशी होटलमा र नेपाली घरमै क्वारेन्टिनमा बस्नु पर्नेछ।

एक सातापछि अवस्था हेरेर सरकारले यसबारे थप निर्णय गर्नेछ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख १४, १०: ०७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख १४, १०: ०७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख १४, १०: ०७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...