
नयाँ बिकल्प,
काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई मंगलबार निर्णयार्थ पेश गर्ने प्रक्रिया बढ्नै लाग्दा एमालेका सांसदहरुले ‘कोरोना’ को बहानामा बैठक चल्न दिएनन् ।
कोरोना भाइरस संक्रमणको महामारीले जोखिम बढेको भन्दै एमालेका गण्डकी प्रदेश सभा सदस्यले सबै सांसद र कर्मचारीको पीसीआर परीक्षण गरेपछि मात्र बैठक गर्नु पर्ने भन्दै मंगलबारको प्रदेशसभा बैटठक स्थगित भएको छ ।
एमाले सांसदको जिद्दी गरेपछि सभामुखले मंगलबारको कार्यसूचीमा प्रवेश नै नगरी प्रदेशसभा बैठक स्थगित गरेका थिए । सबै सांसद र कर्मचारीको पीसीआर परीक्षण गरेर मात्रै बैठक बस्ने भएको हो ।
गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जसपाले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सोमबार प्रस्ताव प्रदेशसभा बैठकमा पेश भइसकेको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङबिरुद्ध कांग्रेसका १५, माओबादी केन्द्रका ११ र जनता समाजबादीका २ गरी २८ सांसदले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेश सरकारबिरुद्ध राष्ट्रिय जनमोर्चाका ३ सांसदले हस्ताक्षर नगरे पनि मत हाल्ने निर्णय भइसकेको छ । कांग्रेसले प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई आगामी मुख्यमन्त्रीको नाम प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेश सांसद राजिप गुरुङले आफू एमालेको सांसद नभएर स्वतन्त्र सांसद भएको बताई सकेका छन् । गण्डकी प्रदेशमा नेकपा एमालेका २८ सांसद छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...