अस्पताल जाँदैगर्दा वेहाेस भएछुः जनमोर्चाका प्रदेश सांसद शाही – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper
५२ सालमा सांसद किनवेचकाे पुनरावृत्ति !

अस्पताल जाँदैगर्दा वेहाेस भएछुः जनमोर्चाका प्रदेश सांसद शाही


नयाँ विकल्प,


काठमाडाैं- गण्डकी प्रदेशमा बुधबार अविस्वास्काे प्रस्ताव टेबल हुनै लाग्दा एकाएक सम्पर्क विहिन बनेका गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पताल जानेक्रममा आफु वेहाेस बनेकाे जानकारी दिएका छन् ।

विहिबार विज्ञप्ति जारी गर्दै प्रदेश सांसद शाहीले पार्टीकाे निर्देशन अनुसार अघि बढ्ने समेत जनाएका छन् । नेकपा विभाजन पछि अल्पमतमा परेकाे गण्डकी प्रदेश सरकार विरूद्व दर्ता भएकाे अविस्वास्काे प्रस्तावमाथी छलफल भैरहेका बेला शाही एकाएक सम्पर्क विहिन बनेका घटनापछि सांसद किन वेचकाे आशंका गरिएकाे छ ।

यध्यपी उनी काेराेना संक्रमित भएकाे बताइएकाे छ । तर एकैदिन गरिएकाे परिक्षमा उनकाे रिपाेर्ट नेगेटिभ आएकाे भन्दै प्रदेश सरकार जाेगाउन सत्ताकाे चरम दुरूपयाेग भएकाे भन्दै चाैतर्फि अालाेचना भैरहेकाे छ । सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयमै प्रतिवद्ध रहेको बताएका छन्।

प्रदेश सभा बैठकमा अनुपस्थित भएर अस्पतालको बेडमा भेटिएका सांसद शाहीले विज्ञप्ति जारी गरी आफ्नो पार्टी र संसदीय दलको निर्णमयमै प्रतिवद्ध रहेको धारणा सार्वजनिक गरेका हुन्। ‘वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो,।

’ विज्ञप्तिमा भनेका छन्, ‘तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई आफ्नो भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पतालका लैजाने क्रममा म बेहोस भएछु।’

शाहीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण निर्णयहरु प्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्ध छु।’

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख १६, १६: १७

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख १६, १६: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख १६, १६: १७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...