सरकारमा सहभागिताकाे विषयलाई लिएर जसपामा भाँडभैलाेः पार्टी फुटकाे संघारमा ! – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

सरकारमा सहभागिताकाे विषयलाई लिएर जसपामा भाँडभैलाेः पार्टी फुटकाे संघारमा !


नयाँ विकल्प
काठमाडाैं- अल्पमतमा परेकाे लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीमण्डलमा सहभागी चार जना सांसदकाे कारवाहीकाे विषयलाई लिएर जनता समाजवादी पार्टी फुटकाे संघारमा पुगेकाे छ ।

पार्टीकाे औंपचारीक निर्णय विनानै महन्थ ठाकुर, राजेन्द्र महताे पक्षका चारजना सांसद मुख्यमन्त्री शंकर पाेखरेलकाे मन्त्रिमण्डलमा सहभागी बनेका थिए ।

नेकपा विभाजन सत्तारूढ माओवादी केन्द्र लुम्बिनी प्रदेशले मुख्यमन्त्री पाेखरेललाई दिएकाे समर्थन फिर्ता लिएकाे थियाे । याे संगै अल्पमतमा परेका मुख्यमन्त्री पाेखरेलले एकाएक जसपाका चार जना सांसदलाई मन्त्री बनाएका थिए । चारैजना पाेखरेल सरकार विरूद्व अविस्वासकाे प्रस्तावकाे पक्षमा हस्ताक्षर गरेका सांसद हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जसपाका सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादप पक्षले कारवाही गरि सांसदबाट निलम्बन गरेका थिए ।

साे कारवाही लुम्बिन प्रदेश सभाबाट अनुमाेदन समेत भैसककेकाे छ । जसलाइ जसपका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महताेले अस्विकार गर्दै कारवाही नभएकाे अर्काे पत्र जारी गरेसंगै संघीय संसदमा समेत चाैथाे ठूलाे पार्टी जसपा फुटकाे संघारमा पुगेकाे हाे ।

जसपा भित्रकाे याे विवाद पार्टी एकिकरण भन्दा पहिलेका अवस्थामा पुगेकाे छ । जसपा नेता राजेन्द्र महतोले चार जना सांसदकाे निलम्बन पार्टीको आधिकारीक निर्णय नभइ फर्जी भएकाे बताएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीमा कुनै पनि प्रदेशसभा सदस्यलाई कारबाही नभएको स्पष्ट पारेका छन्।

अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र संघीय समाजवादी फोरमको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी रहेको तर प्रदेशसभामा दुबै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेससभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरि जारि गरेकाे अध्यादेश पछि गत साउनमा संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी रातारात मिलेर बनेको जसपा बनेकाे थियाे ।

जसपाकाे पार्टी एकिकरणकाे काम सकिन नपाउँदै सरकारमा सहभागी हुने कि नहुने भन्नेमा विवाद हुँदा दुई चिरामा पुग्ने अवस्थामा पार्टी पुगेकाे छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख १७, १०: १८

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख १७, १०: १८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख १७, १०: १८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...