पूर्वसांसद त्यागी नेता पौडेलको निधनपछि धेरैले सम्झिए ०५२ सालको पजेरो प्रकरण – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

पूर्वसांसद त्यागी नेता पौडेलको निधनपछि धेरैले सम्झिए ०५२ सालको पजेरो प्रकरण


नयाँ बिकल्प,
राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेसका अग्रज नेता प्रा. विदुर पौडेलको ७७ वर्षको उमेरमा शनिबार निधन भएपछि कांग्रेसका धेरै नेता तथा बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरुले उनको साधारण जीवन शैलीको गहिरो स्मरण गर्दै समबेदना व्यक्त गरेका छन् ।

नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेल २०४८ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राजनीतिकका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिएका संस्कृत विश्वविद्यालयको वाल्मिकी विद्यापीठमा प्राध्यापन गर्नु भएका पौडेल नेपाल संस्कृत विश्वविद्यालयको उपकूलपति समेत भएका थिए ।

पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहरका रुपमा परिचित थिए । उनको निधनले नेपाली कांग्रेस पार्टी र शैक्षिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाएका छन् ।

एक असल, त्यागी, निष्ठावान राजनीतिज्ञ एवं बौद्धिक व्यक्तित्वलाई पार्टी र देशले गुमाएको भन्दै काग्रेस सभापति शेरबहादुर देउवाले समेत गहिरो समबेदान व्यक्त गरेका छन् ।

कांग्रेसका युवा नेता लोकेश ढकालले नेसंविविका पूूर्व उपकूलपति, अधिकार सम्पन्न बाग्मती सफाई आयोजनाका पूर्व कार्यकारी अध्यक्ष समेत रहेका पौड्यालको मस्तिष्कघातको कारणबाट शनिबार विहान ६ बजे भएको निधनको खबरले मन विचलित भएको बताएका छन् ।

नेता ढकालले सामाजि सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै शनिवार घरमा नै वसेको वेला अचानक मस्तिष्कघात भए पछि काठमाडौं मेडिकल कलेज भर्ना गरेर उपचार गरिंदै आएको अवस्थामा पौडेलको निधनले पार्टीले योग्य र क्षमतावान व्यक्तित्व गुमाएको बताएका छन् । संस्कृत भाषा र पूर्वीय दर्शनका विज्ञ विदूर पौडेल नेपाल हिन्दूराष्ट्र रहनु पर्छ भन्ने मान्यताका चरम पक्षपाती रहेको ढकालले मत दिएका छन् ।

सरल र सदाचारी विदूर पौडेलले ०४८ सालमा नेपाली काँग्रेसबाट पहिलो पटक साँसद हुँदा ०५२ सालमा तत्कालिन संसदका केही छोडेर अधिकांश सांसदले भन्सार छुटमा गाडी खरिदको सुविधा लिइरहँदै त्यो सुविधा नलिने थोरै सांसद मध्ये विदुर पौडेल पनि एक थिए ।

पशुपति क्षेत्र बिकास कोष र बागमति सभ्यता विकास समितिमा रहेर आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेका पौडेल, त्यागी, सादगी, कर्मयोगी र आदशै जीवन शैली भएको अविवाहित समाजसेवी थिए ।

पौडेलको निधन हुनुअघि उनलाई पशुपति नाथ मन्दीर परिसर घुमाएर पूर्वी गेटबाट ब्रम्हनालमा राखिएको थियो । ब्रम्हनालमा राखिएको केही क्षणपछि नै उनको निधन भएको थियो । उनको योग्यता, क्षमता र कर्मशिलतालाई देखेर पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले समेत उनलाई विश्वास गर्दथे ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख १९, १०: १३

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख १९, १०: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख १९, १०: १३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...