गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ


नयाँ विकल्प,


तमघास- गुल्मीको ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईश्मा गाउँपालिका–१ का २० वर्षीय सुशी कुमार र १८ वर्षीय २ जना किशोरहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

मोतीबहादुर गत वर्षको २२ भदौमा आफ्नै होटलभित्र रगताम्य अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका उनलाई दाइ यमबहादुर कुँवरले जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २०, १०: ४०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २०, १०: ४०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २०, १०: ४०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...