
नयाँ विकल्प,
काठमाडाैं- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठक केही बेरमा बस्दै छ । बठकले निषेधाज्ञाकाे अवधि बढाउने र थप कडाइ गर्ने सम्बन्धमा निर्णय गर्ने संभावना छ ।
यसविचमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।
अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए। सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको उनले बताए ।
मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको छ। निषेधाज्ञा एक साता लम्ब्याउन प्रजिअहरू बैठक बस्न लागेका हुन्। बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुँदै छन् ।
आज बस्ने बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा पार्न लागेको छ। त्यस्तै, बेलुकी अतिआवश्यक पसलहरू खोल्न दिने/नदिनेबारे पनि छलफल गर्नेछन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...