बादलको ठाउँमा खिमलाल देवकोटा राष्ट्रिय सभाका उम्मेदवार बन्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बादलको ठाउँमा खिमलाल देवकोटा राष्ट्रिय सभाका उम्मेदवार बन्ने


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलले खिमलाल देवकोटालाई राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाउने भएका छन्।

विपक्षी दलविच भएकाे सहमतीमा देवकोटालाई राष्ट्रिय सभा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय भएकाे हाे । उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ ।

बागमती प्रदेशबाट २०७४ सालमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा रामबहादुर थापा बादल निर्वाचित भएका थिए। बादल नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो।

उक्त पद रिक्त भएपछि जेठ ६ मा उपनिर्वाचन हुँदैछ। एमालेले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ। बादलविरूद्ध विपक्षी दलले देवकोटालाई प्रतिस्पर्धामा उतार्न लागेको हो।

देवकोटा कुन चुनाव चिन्हबाट उठ्ने भन्ने टुंगो भइसकेको छैन। पार्टीकै चुनाव चिन्ह वा स्वतन्त्रबाट उठ्ने भन्ने निर्णय हुन बाँकी छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २२, १५: २५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २२, १५: २५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २२, १५: २५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...