
नयाँ बिकल्प,
काठमाडौं । कुनै बेला प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई झाडी सिग अल्झिएको बाह्रसिंगा त कहिले बोल्ने बुढानिलकण्ठ र कहिले अर्को चुनावसम्म शिला खोज्नु पर्ने पार्टीको अध्यक्ष भन्दै खिसी ट्युरी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली बुधबार देउवा भेट्न उनकै निवास गए।
सत्ता संकट परेपछि प्रधानमन्त्री ओली बुधबार बुढानीलकण्ठ पुगेर उनै देउवासँग सहयोगको याचना गरे । तर, पार्टीका शीर्ष नेतासहित ओलीसँग २ घण्टा बसेका देउवाले ओलीको प्रस्तावमा टसको मस भएनन् । बरु सरकार कोरोना संक्रमण नियन्त्रणमा नलागेर सत्ता जोगउन लागेको भन्दै उल्टै आक्रोस पोखे ।
प्रतिनिधिसभाको बैशाख २७ गते बस्ने बैठकमा ओलीले विश्वासको मत लिँने तयारी गरिरहेका छन् । उनलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ताको औपचारिक पत्र संसद् सचिवालयमा बुधबार नै दर्ता गरी सकेको छ ।
ओलीले आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने विषयमा एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुको विश्वास छैन । त्यसैले उनी विपक्षी दलका नेताको घर ढोका चहार्न बाध्य भएका हुन् ।
ओलीले जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई उचालेर आफ्नो पक्षमा ल्याउने प्रयासमा अर्का अध्यक्ष उपेन्द्र यादव बाधक हुने बुझेपछि देउवासमक्ष पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा जसपा अध्यक्ष यादवले आफ्नो पार्टीका कम्तीमा २५ सांसदले ओलीको बिपक्षमा मत हाल्ने विश्वास दिलाइसकेका छन् ।
प्रतिनिधि सभामा विश्वासको मत प्राप्तिका लागि १३८ सांसदको मत मत आवश्यक पर्छ । तर एकमत हुँदा पनि एमालेसँग १ सय २० जना सांसद मात्र छन् । त्यसमा पनि नेपाल र खनाल पक्षका दुई दर्जन सांसद ओलीको पक्षमा देखिन्नन् ।
यसरी आफ्नै दलका सांसदको पूर्ण भर नभएको बेला जसपाबाट समेत पूर्ण पार्टीको समर्थन पाउने स्थिति नदेखेपछि तिल्मिलिएका प्रधानमन्त्री ओली बुधबार दिउँसो देउवालाई भेट्न एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री इश्व पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर बुढानिलकण्ठ पुगेका थिए ।
भेटमा ओलीले निरंकुशताविरुद्ध सँगै संघर्ष गरेको कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेपछि कांग्रेस सभापति देउवाले कोरोना संक्रमणबाट जनताको ज्यान बचाउन समस्या भइरहेको बेला, बजेट अधिबेशन बोलाउने तयारी गर्न छाडेर विशेष अधिबेशन बोलाउनु नै गल्ति थियो भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गरेका थिए ।
सभापति देउवाले भेटमा गत वर्ष ल्याएर पुन फिर्ता गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर राजनीतिक मुठभेड र द्धन्द्ध निम्त्याउन खोजेको भन्दै यस्तो कार्य गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सहयोग गर्न नसकिने जवाफ दिएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।
भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला लगायतको उपस्थिति थियो ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...