ओलीसँग अहिलेसम्म कुनै सहमति भएको छैन: माधव नेपाल – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ओलीसँग अहिलेसम्म कुनै सहमति भएको छैन: माधव नेपाल


नयाँ विकल्प,


काठमाडाैं- सत्तारूढ नेकपा एमाले भित्रकाे विवाद समाधानकालागि अन्तिम प्रयास भैरहेकाे बेला वरिष्ठ नेता माधव कुमार नेपालले कुनै सहमतिमा पुगि नसकेकाे बताएका छन् ।

नेपालले भनेका छन् , ‘वार्ता र लचकता अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’ नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताएका छन्।

तर अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ। केही मिडियाहरूमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालसँग बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले कुराकानी गरेको र त्यहाँ उनीहरूबीच विवाद मत्थर पार्ने सहमति भएको समाचार आएका थिए।

नेपाल पक्षीय नेताहरूले भने नेता नेपालले राष्ट्रपति भण्डारीलाई छुट्टै भेटेको भए पनि प्रधानमन्त्री ओली र नेपाल एकसाथ शितल निवास नगएको बताएका छन्।

बिहीबार साँझ नेता नेपाल शितल निवासमा गएका थिए। प्रधानमन्त्री ओलीले भने नेपाल पक्षीय नेताहरू घनश्याम भुषाल र योगेश भट्टराईसँग राति ८ बजेदेखि झन्डै तीन घन्टा बालुवाटारमा छलफल गरेका थिए। पछिल्लोपटक एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्।

यसैतर्फ संकेत गर्दै नेता नेपालले शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको बताएका हुन्।‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उनले भनेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

उनले सहमतिका लागि केही अडानसमेत दोहोर्‍याएका छन्। ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,’ नेता नेपालले भनेका छन्,.

‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ बैशाख २४, १२: २२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ बैशाख २४, १२: २२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ बैशाख २४, १२: २२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...