पछिल्लाे २४ घण्टामा थपिए ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु ,कुन जिल्लामा कति ? – Naya Bikalpa
November 24, 2026, Tuesday      Epaper

पछिल्लाे २४ घण्टामा थपिए ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु ,कुन जिल्लामा कति ?


नयाँ विकल्प,


काठमाडाैं- पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेकाे छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।


कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा ३०८९ जना, रूपन्देहीमा ७३० जना, ललितपुरका ६४३ र भक्तपुरका ३७४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३९३, दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, बाँकेमा २२२, काभ्रेपलाञ्चोकमा १८०, पर्सामा १३०,कैलालीमा १२५, झापामा २१६, धनुषामा १०६, बैतडीमा ११४, नवलपरासी पूर्वमा १००, सुनसरीमा ९८, नवलपरासी पश्‍चिममा ८७, गोरखा ८३, पाल्पामा ८० जना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ७९, मकवानपुरमा ६३, अछाममा ६२, पर्वतमा ६१, धादिङमा ५९, रौतहटमा ५४, दोलखामा ५१, ताप्लेजुङमा ४९, तनहुँ ४७, कञ्‍चनपुरमा ४५, म्‍याग्दीमा ४४, अर्घाखाँचीमा ४२, रामेछाप र स्याङ्जामा ४१/४१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४०, बारामा ३६, गुल्मी र डडेल्धुरामा ३०/३० जना, रसुवा र दैलेखमा २८/२८ जना, कपिलवस्तुमा २७, सर्लाहीमा २६, सिरहामा २५, बर्दिया र डोटीमा २४/२४ जना, सिन्धुपाल्चोकमा २३, लमजुङमा २२, सिन्धुलीमा २१, सप्तरीमा १६, धनकुटा र संखुवासभामा १५/१५ जना थपिएका छन् ।

यस्तै इलाममा ११, सल्‍यान १०, ओखलढुंगामा ९, प्‍युठानमा ७, तेह्रथुम र बागलुङमा ७/७ जना, उदयपुरमा ६, रोल्पा र सुर्खेतमा ५/५ जना, पाँचथरमा ४, भोजपुर, कालिकोट, जुम्ला, हुम्ला र दार्चुलामा ३/३ जना, थपिएका छन् ।

यस्तै सोलुखुम्बु, रूकुम पूर्व, जाजरकोट र बझाङमा २/२ जना तथा मनाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २०४ बालबालिका कोरोना संक्रमित थपिएका छन् भने १० देखि १९ वर्षउमेर समूहका ६ सयजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आज देशभर मौसम मुख्यतया सफा रहने, केही प्रदेशमा आंशिक बदली हुने
आज देशभर मौसम मुख्यतया सफा रहने, केही प्रदेशमा आंशिक बदली हुने
  • २०७८ बैशाख २४, १८: ५४

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २४, १८: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणमा जारी ‘विकसित भारत र समुन्नत नेपाल’ दृष्टिपत्र
यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणमा जारी ‘विकसित भारत र समुन्नत नेपाल’ दृष्टिपत्र
  • २०७८ बैशाख २४, १८: ५४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख...