अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पाँच लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पाँच लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश


नयाँ विकल्प,


काठमाडाैं- सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छोड्न आदेश गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई पाँच लाख धरौटी राखे थुनामुक्त गर्न आदेश गरेको हो। उनी ६८ वर्षका जेष्ठ नागरिक हुनुका साथै मुटुसम्बन्धी रोग र कोरोना संक्रमणसमेत भएको भन्दै उनलाई धरौटीमा छोड्ने आदेश गरेको सर्वोच्च अदालतले जनाएको छ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई विशेष अदालत पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उक्त आदेश बेरितको भएको भन्दै खारेज गरिदिएको छ। बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २४, १९: ०१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २४, १९: ०१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २४, १९: ०१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...