सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?


नयाँ बिकल्प,
काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले अकुत रकम असुलेर खुलमखुल्ला कालोबजारी गर्न थालेका छन् ।

संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले आफैले तोकेको चलन चल्तिको दरभन्दा अत्यधिक धेरै रकम असुलेर ठुलो अत्याचार गरिरहँदा नियामक निकाय मौनहुँदा कोरोना संक्रमिच चर्को खर्च धान्न नसकी आर्थिक शोषणको मारमा परेका छन् ।

जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको बेला हेलिकोप्टर कम्पनीहरूले सर्वसाधारणको ढाड सेकिरहेको र खुलम खुल्ला कालोबजारी ब्याप्त रहँदा सरकार मुख दर्शक भएर बसेको नेपाल बिद्यार्थी संघका महासचिव बलदेव तिमल्सिनाले बताए ।

‘सेनाको हेलिकप्टरले संक्रमित नबोक्ने भनेपछि सर्बसाधारणले निजी एयरलाइन्स खोज्नुपर्ने बाध्यता भएको र यो अबस्थामा सक्नेले भनेजति रकम तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने र नसक्ने उपचार नपाएर मर्ने दिन आएको अवस्था छ’, महासचिव तिमल्सिनाले शनिबार एक विज्ञप्ति जारी गर्दै भने ।

कोरोना महामारीको विपद्को बेला तोकिएभन्दा बढी असुलेर कालोबजारी गर्ने हेलिकोप्टर कम्पनीलाई कालोबजारी ऐन, २०३२ को दफा ३ को ‘सेवाप्रदायक कुनै पनि संस्थाले २० प्रतिशतभन्दा धेरै नाफा हुने गरी कारोबार गर्न हुँदैन’ भन्ने प्रावधान उल्लंघन गरेकाले कारबाही गर्न नेविसंघले माग गरेको छ ।

कसैले ऐन उल्लंघन गरे पाँच वर्षसम्म कैद वा जरिवाना हुने व्यवस्था ऐनमा रहे पनि हेलिकोप्टर कम्पनीहरुले तोकेभन्दा दुईदेखि तीन लाख बढी भाडा लिँदा पनि हेलिकोप्टर कम्पनीमाथि कुनै कारबाही नभएको महामन्त्री तिमल्सिनाले बताए ।

‘नागरिकको उपचारबाट पन्छिएको सरकार अनुगमनको जिम्मेवारीबाट पनि अलग भएको छ । सिटी बसले दुई रुपैयाँ भाडा बढी असुली गर्दा स्वाभाविक कारबाहीमा उत्रिने सरकार हेलिकोप्टर कम्पनी आफैँले तोकेभन्दा दुई–तीन लाख बढी भाडा असुल्दा मूकदर्शक बस्नुले सरकारी सम्लग्नता र संरक्षण पुष्टी भएको छ’, तिम्सिनाले आफ्नो बक्तव्यमा भनेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २५, १८: ४३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २५, १८: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २५, १८: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...