
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ का संक्रमित विरामीहरु अस्पताल बेड र अक्सिजन नपाएर उपचारबाट वञ्चित भएको भन्दै अक्सिजनको तत्काल आपूर्ति गर्न र अस्पतालको बेडको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेका हुन् ।
काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुँदा कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको भन्दै डा. महतले संक्रमितको उपचारमा देखिएको गम्भीर समस्याप्रति सरकार अझै संवेदनशील नभएको भन्दै आपत्ति जनाए ।
शनिबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री डा. महतले भने, ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ, न अक्सिजनको समुचित आपूर्ति । आवश्यकता अनुसार देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न माग गर्दछ ।’
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...