
नयाँ विकल्प,
काठमाडाैं-जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
अहिले सभापति देउवा र अध्यक्ष ठाकुर तथा नेता महतोबीच भेटवार्ता भइरहेको छ। उनीहरू देउवालाई भेट्न बिहान ९ बजे बुढानिलकण्ठ पुगेका थिए।
अध्यक्ष ठाकुर र नेता महतो देउवा निवास गएको र अहिले भेटवार्ता जारी रहेको जसपाका एक नेताले बताए। अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो।
तर पछिल्लो समय एमाले नेता माधव नेपाल पक्षका सांसदले राजीनामा दिने परिस्थिति बनेकोले समिकरण फेरबदल हुन सक्ने भएकोले जसपाभित्र कसलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन।
अर्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिएर प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्नेमा उभिएका छन्।
काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...