नेपाल समूहको निर्णयः ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम, तत्काल राजिनामा नदिने – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

नेपाल समूहको निर्णयः ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम, तत्काल राजिनामा नदिने

नयाँ बिकल्प,

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि नै आफ्नो माग पुरा गर्न सत्तारुढ नेकपा एमालेको असन्ुतष्ट माधव नेपाल झलनाथ खनाल समूहले अल्टिमेटम दिएको छ ।

ओलीले सदनमा विश्वासको मत लिने प्रस्ताव फेल बनाउन र नयाँ सरकार गठनका लागि सहज वातावरण तयार खनाल नेपाल समूहका कम्तीमा २० जना सांसदले राजीनामा दिने तयारी थालेका थिए । तर, जसपाले सो प्रस्तावमा तठस्थ बस्ने भएपछि उनीहरु तत्काल राजिनामा दिनबाट पछि हटेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँगको सहमतिपछि ति सांसदले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा बुझाउने तयारी गरेका थिए । तर जसपाका सांसदहरु प्रस्तावको पक्ष वा विपक्षमा मत दिन स्वतन्त्र हुने निर्णयसँगै नेपाल समुह तत्काल राजिनामा दिने निर्णयबाट पछि हटेका हुन् ।

नेपाल खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल जेठ २ गतेभन्दा अघिको पार्टी संगठनात्मक संरचनालाई स्वीकार नगरेसम्म ओलीले सदनमा पेश गर्ने प्रस्तावको पक्षमा मत नदिने पक्षमा छन् ।

असन्तुष्ट नेता नेपाललाई फकाउन प्रधानमन्त्री ओलीले संसदीय दलका नेता सुभाषचन्द्र नेम्वाङ र पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई खटाएका थिए । ओलीका प्रतिनिधिसँग नेपालले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई मान्यता नदिएसम्म ओललिाई सहयोग नगर्ने बटमलाईन सुनाएका थिए ।

नेपाल पक्षको बेलुकी बसेको भर्चुअल बैठकले प्रधानमन्त्री ओलीले शनिबार साँझ जारी गरेको बक्तव्य पार्टीको एकतालाई भन्दा पार्टीको असहमत पक्ष र नेताहरुको मानमर्दन तथा आक्षेप लगाउने उदेश्यले प्रेरित भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल समूहले पार्टी अध्यक्ष ओलीले भोली बिहान ९ बजेसम्म आफूहरुको बटमलाईन मागलाई पुरा नगरे थप कदम चाल्ने चेतावनी दिएका छन् । नेपाल समूहले सोमबार बिहान साडे ९ बजे संसद सचिवालयमा आयोजित बैठकमा उपस्थित हुन भनेका छन् ।

परिस्थिति हेरेर नेपाल समूहले जे पनि निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् । उनीहरुले आफ्नो माग ओलीले पुरा नगरेमा राजिनामा दिने वा अनुपस्थित हुनेमध्ये एउटा बाटो रोज्न सक्ने आंकलन गरिएको छ ।

नेपाल समुहले ओलीले आफ्ना माग पुरा नगर्ने र विश्वासको मत पाउने अवस्था आएमा राजिनामा दिने मनस्थिति बनाएका छन् ।

राजिनामा दिन तयार भएका सांसदहरु यी यि थिए –

झलनाथ खनाल, इलाम १

माधवकुमार नेपाल, काठमाडौं २

योगेश भट्टराई, ताप्लेजुङ

जयकुमार राई,सुनसरी १

भवानी खापुङ,तेह्रथुम

यज्ञराज सुनुवार, ओखलढुंगा

गणेश पहाडी, सिन्धुली १

पवित्रा निरौला खरेल, झापा २

जीवनराम श्रेष्ठ,काठमाडौं ८

नारायण खतिवडा, नुवाकोट १

विरोध खतिवडा,मकवानपुर २

सुरेन्द्र पाण्डे,चितवन १

घनश्याम भुसाल,रुपन्देही ३

मेटमणी चौधरी,दाङ १

हिराचन्द्र केसी, दाङ ३

दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

झपट रावल, कैलाली २

भीम रावल, अछाम १

कृष्णलाल महर्जन, ललितपुर २

सोमप्रसाद पाण्डे, पाल्पा २

समानुपातिक सांसद

रामकुमारी झाँक्री, गुल्मी

बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

मुकुन्द न्यौपाने, काठमाडौं

कल्याणीकुमारी खड्का, रौतहट

लक्ष्मीकुमारी चौधरी, कैलाली

गंगा चौधरी सत्गौवा, दाङ

निरादेवी जैरु, डडेलधुरा

समिना हुसेन, रौतहट

पुष्पाकुमारी कर्ण यादव, पर्सा

सरलाकुमारी यादव, रौतहट

कालिला खान, तनहुँ

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख २६, २१: ०३

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २६, २१: ०३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख २६, २१: ०३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...