नेपाल-खनाल समुहलाइ ओलीले ‘रेस्पोन्स’, नै गरेनन् , सामुहिक राजीनामाका लागि बैठक बस्दैं – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

नेपाल-खनाल समुहलाइ ओलीले ‘रेस्पोन्स’, नै गरेनन् , सामुहिक राजीनामाका लागि बैठक बस्दैं


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएपछि अब सामूहिक राजीनामाको बाटोमा जाने भएको छ।

आज प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वातावरण बनाउन नेपाल समूहले सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो।

नेता नेपालले आइतबार राति ओलीलाई ६ बुँदे पत्र लेखेका थिए। उक्त पत्रमा उनले सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए।

त्यस्तै त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्नुपर्ने नेपालको माग थियो।

उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिनु पूर्व नेपाल खनाल पक्षकाे बैठक बस्न लागेकाे हाे ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख २७, ०९: ५३

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २७, ०९: ५३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख २७, ०९: ५३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...