अमेरीकामा गोलीकाण्ड : नेपाली युवा सागर घिमिरे सहित ४ जनाकाे मृत्यु – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

अमेरीकामा गोलीकाण्ड : नेपाली युवा सागर घिमिरे सहित ४ जनाकाे मृत्यु

नयाँ विकल्प

काठमाडाैं- अमेरीकाकाे मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको ज्यान गएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।

उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन।

अध्ययनको सिलसिलामा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टिमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो ।

उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका आएका थिए ।

उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाइरहेका थिए । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भयो ।

एभर्टनले पहिले उक्त घरमा आगो लगाए, आगो लागेपछि बाहिर भाग्ने क्रममा घिमिरे लगायत चार जनालाई उनको गोली लागेको थियो । घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।

यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर (२२ ग्रीन स्ट्रीटमा) अस्‍पतालमा अधिकारीको उपचार भइरहेको छ । २६ वर्षीय अधिकारी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका थिए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ बैशाख २७, १०: ०८

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ बैशाख २७, १०: ०८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ बैशाख २७, १०: ०८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...