
नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार गर्ने भएकाे छ ।
बैठक सकिए लगतै पत्रकारहरूसंग बाेल्दै नेता भिम रावलले , असंवैधानिक क्रियाकलापमा संलग्न प्रधानमन्त्री ओलीलाइ विश्वासकाे मत दिन नैतिक रूपमा नमिल्ने बताउँदै , विश्वासकाे मतमा पार्टीले जारी गरेकाे ह्विप समेत नमान्ने निर्णय भएकाे बताए ।
राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरू आज सिंहदरबारमा छलफलमा जुटेका थिए। उक्त बैठकले आज प्रतिनिधि सभामा अनुपस्थित हुने निर्णय गरेको हो।
कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...