पछिल्लाे १२ घण्टामा बाँकेमा १२ जना काेराेना संक्रमितको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पछिल्लाे १२ घण्टामा बाँकेमा १२ जना काेराेना संक्रमितको मृत्यु

नयाँ विकल्प,


नेपालगञ्ज- बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।


मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका छन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, बाँकेकै खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मंगलबार बिहान ४ बजे नै मृत्यु भएको छ ।

यस्तै, कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । यस्तै, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको छ ।

यस्तै, भेरी अस्पतालमा उपचाररत बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको पनि साँझ ६ बजे, बारबर्दिया– ६ की ६३ वर्षीया महिलाको सोमबार राति १० बजे, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिलाको मंगलबार बिहान ५ः३० बजे, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राति १० बजे तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको छ ।

योसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख २८, ११: ३४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख २८, ११: ३४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख २८, ११: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...