
नयाँ विकल्प,
काठमाडाैं- गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पछि मुलुक राजनैतिक अस्तिरताबाट गुज्रिरहेकाे छ ।
प्रधानमन्त्री ओलीकाे संसद विघटन गर्ने फैसला सर्वाेच्च अदालतले उल्टाएसंगै सत्तारूढ नेकपाकाे औंपचारीक विभाजन भयाे ।
नेकपा विभाजन पछि पूर्ववत अबस्थामा पुगेका नेकपा माओवादी केन्द्र र नेकपा एमाले सरकार जाेगाउन र गिराउन अन्तिम लडाईमा रहेका छन् ।
नेकपा माओवादीले सरकारकाे समर्थन फिर्ता लिइसकेपछि स्वयं प्रधानमन्त्री केपी शर्मा ओली समेत अल्पमतमा परेका छन् ।
हिजाे साेमबार प्रधानमन्त्रीले संसदबाट विश्वासकाे मत लिन असफल रहेसंगै नयाँ सरकार गठनकालागि राष्ट्रपतिले आवहान समेत गरेसकेकि छन् ।
सरकारमा सहमागि हुने नहुने विषयमा जनता समाजवादी पार्टीमा दुई धार देखिएसंगै नेपालमा राजनीतिक अस्थिरता अझै बढन सक्ने आकलन गरिएकाे छ ।
जसपा भित्रकाे महन्थ ठाकुर पक्षकाे अकर्मण्यताका कारण मुलुक कता जाने हाे भन्ने चिन्ता ब्यक्त भैरहेकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारीले तीन दिनमा बैकल्पिक सरकार गठनकालागि दलहरूलाइ आवहान गरेसंगै महन्थ ठाकुरले उपेन्द्र यादव समुह सरकारमा सहभागि अवस्था भए राष्ट्रपतिलाइ तुरून्तै असहमति पत्र पठाएर बैकल्पिक सरकार गठनमा अवराेध गर्ने धम्की दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि सत्ता गठबन्धनमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीमा विवाद चुलिँदै गएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेतासँग छलफल गर्न लागेका बेला जसपाको पूर्वराजपा समूहले देउवालाई आफूहरूको समर्थन नहुने बताएको छन् । जसपाका नेता राजेन्द्र महतोले उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागेको आरोप लगाएका छन् ।
सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेपछि जसपा भित्रकाे विवाद झनै चुलिएकाे छ ।
जसपाका तर्फबाट यादव- बाबुरामले सरकार बनाउने दाबी राष्ट्रपतिलाई पठाए अध्यक्ष महन्थ ठाकुरले छुट्टै पत्र पठाउने चेतावनी दिएका छन्
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...