
नयाँ बिकल्प,
काठमाडौं । कोभिड १९ को संक्रमण देशभर महामारीको रुपमा फैलिरहेको बेला राजधानी काठमाडौंका दुई ठूला अस्पतालले अक्सिजन सिलिण्डरको अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीको उपचार गर्न नसकिने बताएका छन् ।
प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले अक्सिजनको कमी हुन नदिन संयन्त्र परिचालन गरिएको र अक्सिजनको अभावमा कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाउनु पर्दैन भनेर दाबी गरिरहेको बेला मंगलबार र बुधबार राजधानीका दुई ठूला अदालतले यस्तो सूचना जारी गरेका हुन् ।
गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज प्रालि शिक्षण अस्पतालले बैशाख २८ गते सार्वजनिक सूचना जारी गर्दै अस्पातलमा भर्ना भई उपचार गराई रहेका कोभिड संक्रमित बिरामीहरुलाई अन्यत्र गएर बैकल्पिक व्यवस्थ ागर्न सूचना जारी गरेको छ ।
सो अस्पतालको प्रशासनको नाममा जारी विज्ञप्तिमा कोभिडका बिरामीहरुको लागि अति आवश्यक अक्सिजन सप्तालाई गर्ने कम्पनी सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन विग्रिएकाले तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको र अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको जनाइएको छ ।
सो अस्पतालले अस्पतालमा भएको अक्सिजनले बैशाख २८ गते साँझ ४ बजेसम्मलाई मात्र पुग्ने हुँदा बिरामीको स्वास्थ्य अवस्थामा गम्भिर समस्या उत्पन्न हुन सक्ने देखिएकोले सो अगावै आ आफ्नो व्यवसथा गर्न बिरामीलाई सूचित गरेको छ ।

अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने र बिरामीलाई डिस्चार्ज गर्न लागिएको बारे मन्त्रालय, नगरपालिका र प्रहरी बृत्त बौद्धमा समेत जानकारी गराएको जनाएको छ । सो अस्पतालमा एक सय बढी कोरोना संक्रमित उपचाररत थिए ।
यस्तै काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै अब थप नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना नलिने जनाएको छ ।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गइरहँदा हाल अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना नलिने जनाएका हुन् ।

कोभिड–१९ बिरामीको उपचारमा लागिरहेको बेला सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ भएको जनाएका छन् ।
ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । ग्रान्डीमा २०० भन्दा बढी शैयामा बिरामीको उपचार हुँदै आईरहेको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...