
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्।महन्थ र राजेन्द्र महतोसँग भेटलगत्तै पदाधिकारी बैठक बाेलाइनुलाइ अर्थपुर्ण रूपमा हेरिएकाे छ ।
बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटवार्ता गरेका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राखेका हुन्।
कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
उक्त समयभित्र पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्।
देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र तयार भए पनि जसपाको महन्थ ठाकुर पक्षले सहमति दिइसकेको अवस्था छैन।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...