प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान टु वान’ बार्ता हुँदै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान टु वान’ बार्ता हुँदै


नयाँ विकल्प
काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ वार्ता हुँदैछ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेकाे र ‘वान टु वान’ वार्ताकाेलागि माधव कुमार नेपाल सहमत भएकाे स्राेतले दावी गरेकाे छ । वार्ता कहाँ हुने भन्ने वारे खुलाइएकाे छैन ।

यसअघि प्रधानमन्त्री ओली र नेता नेपालबीच यसअघि भएका दुइपटकका ‘वान टु वान’ बार्ता कुनै निश्कर्समा पुग्न सकेकाे थिएनन्

आज विहान प्रधानमन्त्री ओलीका विश्वासपात्र विष्णुप्रसाद पौडेलकाे भेटमा दुइ नेतालाइ ‘वान टु वान’ बार्ताका लागि प्रस्ताव गरिएकाे वुझिएकाे छ । प्रधानमन्त्री ओली आफ्नाे पद धरापमा परेपछि नेपाल पक्षसंग लचिलाे बन्दै गएकाे छ ।


यसै क्रममा आजै विहान ओली पक्षकाे स्थायी कमिटीकाे बैठकले पार्टीकाे साधारण सदस्यताबाट समेत निलम्बन गरिएका नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिने छ ।

माधव-झलनाथ पक्षले भने नेकपा एकता विभाजन भएपछि पार्टी पुर्ववत अवस्थामा २०७५ फागुन २ कै अवस्थामा फर्किनु पर्ने, ओलीले गरेकाे एकपक्षिय नियुक्ति र निर्णय खारेज गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

ओली र नेपाल विचकाे वार्ता सहमतिमा नपुगे माघव -झलनाथ खनाल पक्षका प्रत्यक्ष र समानुपातिक गरि ३० जना सांसदले राजिनामा दिने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ३०, १३: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ३०, १३: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ३०, १३: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...