
नयाँ बिकल्प,
काठमाडौं । प्रतिनिधिसभामा बिश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिस्थापित गरेर नयाँ सरकार गठन गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओबादीको प्रयास जनता समाजबादी पार्टीका अध्यक्षको असहयोगका कारण असफल भएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली नेतृत्वको सरकार र विपक्षीको गठबन्धन कतै पनि नलाग्ने अडान लिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले ओलीलाई बिस्थापित गर्न विपक्षी कांग्रेस र माओबादीसँगको सहकार्य समेत असफल भएको हो ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको लागि बहुमतको सरकार बनाउने दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुइभन्दा बढी दलको समर्थन प्राप्त प्रतिनिधिसभाको सदस्यलाई बहुमतको दाबी सहित प्रस्तुत हुन दिएको तीन दिनको सीमा आज ९ बजे सकिएपछि ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पहिलो दलको नेताको हैसियतले पुन प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको भन्दै प्रधानमन्त्रीको दौडबाट पछि हटेको थियो ।
विपक्षी जसपाले सहयोग नगरेको र प्रधानमन्त्रीलाई विश्वासको मत लिने दिन सदनमा अनुपस्थित भएका सत्तारुढ एमालेका २९ सांसदले राजिनामा दिने योजनाबाट पछि हटेपछि नेपाली कांग्रेसले बहुमतको आधारमा सरकार बनाउने कसरतबाट पछि हटेको हो ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...