सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म


नयाँ बिकल्प,
काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई फकाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नौ सदस्यीय कार्यदल बनाएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा विश्वासको मत समेत नदिएर बहिस्कार गरेका नेपाल खनाल समूहका २८ सांसदलाई सत्ता जोगाउन प्रधानमन्त्री ओलीले स्पष्टिकरण वा निलम्वनको बाटो त्यागेर एक्कसी पूर्वकारबाही फुकुवा र वार्ताको लागि कार्यदल गठन गर्न तयार भएका हुन् ।

आफ्नो अडान र निर्णयबाट पछि नफर्कने भन्दै ढिट स्वभाव देखाउँदै आएका ओली बैशाख २७ गते पार्टीकै २८ सांसद अनुपस्थित भएर सदनमा विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्री ओली सत्ताबाट बहिर्गमित हुने त्रासले नेपाल खनालसँग सम्झौता गर्न झुेकेका हुन् ।

विवाद समाधानका लागि नौ सदस्यीय कार्यदल गठनको प्रस्ताव गर गरिएकोमा दुई जना सदस्य थप्ने गरी नौ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओली समूहबाट हाललाई तिन र खनाल नेपाल समूहबाट ४ जना तोकिएको छ ।

ओलीको तर्फबाट महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेश मुख्यसचिव शंकर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् । खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट छन् ।

कार्यदललाई अध्यक्ष ओली र नेता नेपाल समूहको अडानका विषयमा सहमतिको मिलनविन्दु खोज्ने जिम्मेवारी दिइएको जनाइएको छ । बिहीबार चपली हाइटमा करिव ४ घण्टाको छलफलपछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको एक नेताले बताए ।

नेता नेपालले २७ वैशाखमा छ बुँदे माग अघि सारेका थिए । उनले सर्वाेच्च अदालतको फैसला तथा नेकपा एमालेको विधान, नियमावली, आचारसंहिताअनुरूप ३ जेठ २०७५ मा पार्टी एकीकरण हुनुपूर्वको स्थितिमा पार्टी संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउन माग गरेका छन् ।

उनीहरुले नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टी विधानविपरीत २८ फागुन २०७७ मा गरिएका केन्द्रीय कमिटी विघटन लगायतको निर्णय खारेज गर्न माग गरेका छन् । ओलीले आफू अध्यक्ष र पौडेललाई महासचिव पद यथावत राखी वाँकी सबैलाई केन्द्रीय कमिटीमा राखेका थिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ३०, २२: १२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ३०, २२: १२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ३०, २२: १२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...