संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ

नयाँ बिकल्प,
काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना अहिले राति साढे १० बजे राष्ट्रपति कार्यालयले जारी गरेका छ । एक घण्टा अघि मात्र भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार बहुमतको सरकार बनाउन कुनै पनि दलले दाबी गर्न नआएको बिज्ञप्ति जारी गर्न लगाएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत बैशाख २७ गतेको बैठकमा विश्वासको मत लिन नसकी अल्पमतमा परेपछि राष्ट्रपति भण्डारीले सोही दिन प्रतिनिधिसभाका दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन दाबी पेश गर्न आव्हान गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओली संसदमा अल्पमतमा परेकै दिन बैशाख २७ गते बहुमत प्राप्त गर्न सक्ने दलका सांसदलाई सरकार निर्माणको दाबी पेश गर्न आज बिहीबार साँझ ९ बजेसम्मको समय सीमा तोकेको थियो ।

राष्ट्रपति भण्डारीले दिएको समय सीमा बिहीबार राति ९ बजे भित्र कसैले पनि दाबी नगरेपछि ओली संविधानको धारा ७६ को (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले ओलीलाई भोली शुक्रबार दिउँसो २ बजे राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ३०, २३: १०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ३०, २३: १०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ३०, २३: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...