
नयाँ विकल्प
काठमाडौं । स्थानिय तहको २०७४ मा सम्मपन्न निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डले चार्टर गरेको हेलिकोप्टर चडेर चितवन पुगे । सभापति देउवा चडेको हेलिकोप्टर चितवनमा ओर्लदा कांग्रेस कार्यकर्ता समेत उत्साहित बनेका थिए ।
चिनवनका कांग्रेस नेता तथा कार्यकर्तालाई देउवाको आगमनले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा चुनावी माहोल बन्न अपेक्षा गरेका थिए । देउवाले भरतपुरको चुनावी सभामा उपमेयरकी उम्मेद्वार तथा कांग्रेस नेतृ पार्वती शाहको नाम समेत उच्चारण गरेनन् ।
भरतपुर महानगरपालिकाकी मेयरको उम्मेदवार तथा प्रचण्ड पुत्री रेणु दाहालको पक्षमा खुलेर भोट मात्र मागेनन्, नदिने कार्यकर्तालाई कारवाहि गर्ने चेतावनी दिदैं काठमाडौं फर्किए । कांग्रेसको सबैभन्दा राम्रो राजनीतिक आधार इलाका मानिने चितवन पूर्वप्रधानमन्त्री स्वर्गिए शुशिल कोइरालाको रोजेको चुनाव क्षेत्र समेत हो। बाँके र चितवनबाट एकैपटक चुनाव जितेका कोइरालाले छाडेपछि समेत उपनिर्वाचनमा कांग्रेसले चुनाव जितेको क्षेत्र हो चितवन ।
कांग्रेसको पकड चितवनमा विपक्षी पार्टीलाइलाई टिकट वेचेको समेत आरोप लाग्यो देउवालाई , उनको पार्टीभित्र र वाहिर चौतर्फि आलोचना भयो,तर देउवाले चेतेनन् ।
भरतपुर महनागरपालिकाको मेयरमा कांग्रेसले युवा नेता दिनेश कोइरालालाई दिएको टिकट खोसेर प्रचण्डकी छोरीलाई गुण लगाएको ६ महिना नबित्दै सभापति देउवालाई तिनै प्रचण्डले प्रतिनिधि सभाको निर्वाचन पूर्वसन्ध्यामा यसरी गुण तिरेकी गठबन्धन सरकारलाई थाहै नदिई प्रमुख प्रतिपक्षी एमालेसँग गठबन्धन र एकता गर्ने घोषणा समेत गरे ।
तिनै प्रचण्डले नेपाली कांग्रेसविरूद्ध एमालेसँग मोर्चावन्दी गरे । परिणाम स्वरूप कांग्रेस चुनावमा नराम्ररी पछाडि पर्यो । २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न निर्वाचनमा देउवाले नेपाली कांग्रेसको अर्को आधार मानिने गोरखा २ तत्कालिन जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई जिताउन कांग्रेसले उम्मेदवारी नै दिएन ।
निर्वाचनमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष महन्थ ठाकुर र समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबलाई सघाउन कांग्रेसबाट उम्मेदवार भएकालाई समेत फिर्ता लिन लगाइयो ।
तत्कालिन राप्रपा र राजपाका अध्यक्ष थापा र ठाकुरलाई कांग्रेसले सघाउने तर राजपाका अर्का अध्यक्ष राजेन्द्र महतोले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई धनुषा ३ मा र राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले पार्टी पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई झापा ३ बाट एमालेको समर्थनमा चुनौति दिएका थिए ।
चुनौति मात्र होइन, पार्टी भित्र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर मानिएका दुवैलाई सदनमा आउन नदिएर जसरी पनि हराउन कांग्रेसले उम्मेदवार नउठाएर सहयोग गरेका थापा र ठाकुर मज्जाले लागे र अन्ततः दुवै नेता पराजित समेत भए ।
किन बारम्बार धोखा खान्छन देउवा?
प्रचण्डबाट राजनीतिमा बारम्बार धोका पाएका देउवामाथि पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सेटिङ गरेको आक्षेप लाग्ने गरेको छ । ओलीले यही बैशाख २७ गते संसदमा बिस्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भए ।
ओलीको बहिर्गमनपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री बन्ने चर्चा चल्यो । कांग्रेसले औंपचारिक निर्णय गर्दे सभापति देउवा नेतृत्वमा सरकार बनाउने घोषणा गर्यो । तर, देउवालाई प्रधानमन्त्री बन्न नदिन उनकै सहयोगमा प्रतिनिधि सभाको चुनाव जितेका महन्थ ठाकुर तगारो बनेर तेर्सिए ।
प्रधानमन्त्री ओलीको रक्षा कवज बनेका ठाकुरले देउवाले चुनाव जिताउन लगाएको गुन किन छिट्टै विर्सिए ? ठाकुर मात्र होइर देउवाले बहुमतको सरकार बनाउन अन्तिम संघर्ष गरिरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देउवालाइ लक्षित गर्दै एक पटक प्रधानमन्त्री नभएको ब्याक्तिलाइ प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दे ट्विट गरे ।
यसले के स्पष्ट हुन्छ भने देउवालाई प्रधानमन्त्री बनाउन तीनै बाबुराम भट्टराई पनि तयार थिएनन् । राप्रपा अध्यक्ष कमल थापा पनि अप्रत्यक्ष रूपमा देउवा भन्दा ओली नै ठिक भन्ने खालको अभिब्यक्ति दिइ रहेका छन् ।
किन देउवा प्रत्याएनन भित्र र बाहिरबाट ?
झण्डै दुइ तिहाइ नजिकको जनमत प्राप्त प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले पार्टी र सरकार चलाएको, नागरिकका अधिकार कुण्ठित गरेको, भ्रष्टाचारलाई संरक्षण गर्दै संस्थागत गराएको आरोप लगाइयो ।
यहि विवाद बढदै जाँदा पार्टीमा विभाजनसम्मको अवस्था बन्यो र ओलीलाई सत्ताबाट हटाउने संघर्ष सुरू भयो । ओलीको बहिर्गमनसंगै संसदमा दोस्रो ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बनाउने चर्चा सुरू भयो ।
कांग्रेसमा पनि स्वेच्छाचारी हिसावले पार्टी चलाएको आरोप सभापति देउवालाई लगाईंदै आएको छ । नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतातान्त्रीक पार्टी कांग्रस पछिल्लो समय सांगठनिक रूपमा कमजोर बन्दै गएको छ ।
यसको मुख्य कारण देउवालाई सत्ता दिलाउनु अर्को गल्ति हुने बुझाइ विपक्षिको समेत रहँदै आएको छ । विगतमा सत्ता संचालन गर्दा देउवाको कार्यशैली त्यति लोकप्रीय थिएन । आफू र आफू निकटकालाई नियुक्ति, अवसर दिने र आलोचकप्रति देउवा निकै आक्रमक हुने गरेका छन् ।
छिमेकी मुलुकसँग सम्वन्ध सुमधुर बनाउन नसक्नु पनि देउवाको अर्को कमजोरी भएको पार्टी भित्र र वाहिरबाट समेत आलोचना हुँदै आएको छ । पार्टी संगठनलाई बिधान बमोजिम निर्माण गर्न नसक्ने र भ्रातृ संस्थाको १२ बर्ष र त्यो भन्दा लामो समयदेखि महाधिवेशन गर्न नसकेको आरोप देउवालाई लाग्दै आएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...