देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
राष्ट्रिय सभा सदस्यको लागि बागमति प्रदेशमा जेठ ६ को निर्वाचन

देउवाको दनक ओली वा नेपाललाई, भोट बादल कि देवकोटालाई ?


नयाँ बिकल्प,
काठमाडौं । पार्टीको आन्तरिक जीवन र बहुदलिय प्रतिष्पर्धात्मक राजनीतिमा समेत आफ्ना सहयात्री र कार्यकर्तालाई भन्दा अन्य दलका नेतासँग सम्वन्ध गाँस्दै सहयोग गर्ने उदारो स्वभावका कांग्रेस सभापति देउवा विगतमा जस्तै यो पटक पनि धोका पाएका छन् ।

२०६१ सालमा प्रधानमन्त्री बन्नासाथ राजसंस्थाप्रति भक्ति प्रस्तुत गर्दै ‘गोरखाका राजाले मलाई न्याय दिए’ भन्ने, द्धन्द्धकालमा माओबादीले युद्धबिराम गर्दा ‘हिम्मतदार प्रचण्ड’ भन्ने देउवाले ०७४ मा माओबादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता सहयात्री हुँदै दिएको धोकाबाट अझै पनि तर्सने गर्छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य र सेटिङ गरेको आरोप लागेका देउवाले एमालेको देखिएको आन्तरिक किचलो बृद्धिसँगै माधवकुमार नेपाललाई साथ दिएका छन् । तर, पार्टी सभापति देउवालाई यतिबेला उनै नेपालले पनि धोका दिने संकेत देखिएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रममा दुई महिना यता फेरि माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल झलनाथ खनालसँग नजिक भएका कांग्रेस सभापति देउवालाई यसपटक भने नेपाल खनाल समूहले धोका दिने निश्चित छ ।

बागमपति प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा अन्य कोटाबाट माओबादीको उम्मेदवार भई सांसदमा निर्वाचित रामबहादुर थापा बादल नेकपा एमालेमा प्रवेश गरेपछि माओबादीले उनलाई सांसद पदबाट निकालेपछि सो स्थान रिक्त रहेको छ ।

बदल सांसदबाट निस्कासित भएसँगै रिक्त सो पदमा आगामी जेठ ६ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा सांसद पद गुमाएका उनै बादललाई एमालेले पुनः उम्मेदवार बनाउँदैछ भने विपक्षी कांग्रेस र माओबादीले एमालेकै नेपाल खनाल समूहको सिफारिसमा डा. खिमलाल देबकोटालाई उम्मेदवार बनाएको छ ।

आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको विश्वासको मत लिने प्रयास नेपाल खनाल समूहका सांसदको बहिस्कारका कारण असफल भएपछि ओली प्रधानमन्त्री पदबाट हात धुन बाध्य भएका थिए ।

यसरी नेपाल खनाल समूहलाई विश्वासमा नलिएमा वा उनीहरुले राजिनामा दिएमा आफ्नो सत्ताको आसन डगमगाउने देखेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहको माग पुरा गर्न ९ सदस्यीय कार्यदल गठन गरेका छन् ।

नेपाल समूहको माग ओलीले पुरा गर्लान वा नगर्लान, त्यो फरक बिषय भएपनि कांग्रेस र माओबादीको आड भरोसामा नेपालले बागमति प्रदेशमा एमालेकै उम्मेदवार बादलबिरुद्ध उठाएका उम्मेदवार खिलमलाल देवकोटाको पक्षमा भोट माग्छन कि माग्दैनन ? अन्योलको विषय छ ।

बागमति प्रदेशका १३ जिल्लाका स्थानीय तहका गाउँ पालिका र नगरपालिकाका अध्यक्ष र उपाध्याक्ष तथा प्रमुख र उपप्रमुख गरी २३८ जना र प्रदेश सभाका ११० जना सांसद गरी ३४८ जना मतदाता रहेका छन् ।

एमालेको सूर्य चिन्ह लिएर उठेका बादललाई माओबादीले भोट नदिने निश्चित छ । तर, सांसद पदबाटै राजिनामा दिने धम्की ओलीलाई दिँदै आएका नेपाल समूहले बादलको पक्षमा भोट माग्लान कि देवकोटाको पक्षमा भन्ने अन्योल रहेको छ ।

बागमति प्रदेशमा कांग्रेसका २२ सांसद र ७० बढी स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष छन् । तर, नेपाल र प्रचण्डको योजनामा कांग्रेसले उम्मेदवार नउठाएको अवस्थामा कांग्रेसले कसको पक्षमा भोट हाल्ने भन्ने अन्योल देखिएको छ ।

बदल एमालेका आधिकारिक सूर्यचिन्ह लिएका उम्मेदवार हुन भने देवकोटा स्वतन्त्र उम्मेदवारको रुपमा एमालेका नेपाल र खनाल समूहबाट अघि सारिएका हुन् । यो प्रदेशमा समेत माओबादी र नेपाल खनाल समूहले धोका दिएको सभपाति देउवाले गुनासो गर्न थालेका छन् यो प्रदेशमा खनाल नेपाल समूहले देबकोटालाई मत नहालेमा माओबादी र कांग्रेसको समर्थन लिने उम्मेदवारले जित्न सम्भव छैन ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ बैशाख ३१, १६: ५६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ बैशाख ३१, १६: ५६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ बैशाख ३१, १६: ५६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...