
नयाँ विकल्प,
काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।
द्रुत मार्गमा बन्ने ६.५ किमी सुरूङलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का दिन लागेको हो। महादेवडाँडामा बन्ने ३.५ किमीको सुरूङको लागि चाइना स्टेट कन्ट्रक्सनले ठेक्का पाएको छ।
दोश्रो प्याकेजमा रहेको धेद्रे(१.६ किमी),लेनडाँडामा(१.४ किमी) टनेल बनाउने ठेक्का चिनियाँ कम्पनी पोलिच्याङ्गदा इन्जिनियरिङले पाएको छ।ठेक्का सम्झौतामा शुक्रबार हस्ताक्षर भएको नेपाली सेनाले जनाएकाे छ ।
नेपाली सेनाले पहिलो प्याकेज अन्तर्गतको ठेक्का मूल्य २१ अर्ब ६१ करोड छ भने दोश्रो प्याकेज अन्तर्गतको लागत २८ अर्ब ५३ करोड रुपैयाँ काे रहने जनाएकाे छ । ६ महिना डिजाइनको लागि छुट्ट्याइएको छ भने काम सक्ने अवधि ३ वर्ष छ।
निर्माणको काम इपिस मोडलअन्तर्गत हुनेछ। यसका लागि छिट्टै कार्यादेश जारी हुने छ । ठेकेदार कम्पनीलाई सुरूमा अधिकतम् २० प्रतिशत रकमसम्म दिन सकिने बताइएकाे छ ।
७२.४ किमी लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडक हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने सेनाको योजना छ। फास्ट ट्रयाकमा ६.५ किमी सुरूङसँगै साना-ठूला गरी ८७ वटा पुल बनाउनु पर्छ। जसको लम्बाई १०.५६ किमी हुनेछ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...