जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा


नयाँ बिकल्प,
काठमाडौं । नेपालमा अनियन्त्रित ढंगले बढी रहेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै युरोपियन मुलुक जर्मनीले नेपालसँगको यात्रामा सोमबारदेखि प्रतिवन्ध लगाएको छ ।

काठमाडौंस्थिति जर्मनी दूताबासले गएराति १२ बजेदेखि नेपालबाट जर्मनी र जर्मनीबाट नेपालको यात्रामा प्रतिबन्ध लागू गरेको हो । तर, जर्मनी नागरिकले चाहिँ उद्धार उडानमार्फत देश फर्कन सक्ने छन् । यसअघि जर्मनीको भिषा प्राप्त गरेकाले पनि जर्मनी प्रवेशको अनुमति नपाउने भएका हुन् ।

नेपालमा नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको भाइरस खतरनाक तरिकाले महामारीको रुपमा फैलिएको र सरकारले नियन्त्रण गर्न नसकेको भन्दै जापान, मलेसिया, साउदी अरेविया र कतारले नेपाल यात्रामा प्रतिवन्ध लगाइसकेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३, १२: ३०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३, १२: ३०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३, १२: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...