
नयाँ बिकल्प
काठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको छ ।
७६ बर्षे सुवेदीलाई केही दिनयता केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । दुई साताअघि संक्रमण पुष्टि भएपछि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । केही दिनअघि मात्र उनलाई गंगालालमा सारिएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा करिव ३८ वर्ष नेपाली विषय प्राध्यापन गराएका सुवेदी २००२ साउन १९ गते पाँचथरको अमरपुरमा जन्मिएका थिए । उनी समालोचक, निबन्धकार, उपन्यासकारका रूपमा परिचित छन् ।
सुवेदीका ‘विषय गहनः सतह चिन्तन’, ‘स्रष्टा सृष्टि स् द्रष्टा दृष्टि’ समालोचना कृति, ‘सुद्युम्न’ र ‘स्वप्न संसार’ पौराणिक उपन्यास, ‘खाली सिसी पुराना कागज’ निबन्ध संग्रहलगायतका दुई दर्जन जती कृति प्रकाशित भएका छन् । सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् । चार दशकअघि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सुवेदीले प्राध्यापन गराएका थिए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...