उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे


नयाँ बिकल्प,
काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी नेपालको बिबाद आइतबार दुई अध्यक्षबीच ७ बुँदे बिज्ञप्ति जारी गर्दै सहमति भएलगत्तै दलको नेताको विषयमा पुनः बिबाद बल्झिएको छ ।

जसपा संघीय संसदीय दलको बैठक बैशाख ३० गते बसेको र राजेन्द्र महतो संसदीय दलको नेता चयन भएको समाचार संचार माध्यमबाट प्रबाह भएपछि अध्यक्ष उपेन्द्र यादवले जेठ २ गते संसद सचिवालयलाई पत्राचार गर्दै दलले कसैलाई नेता चयन नगरेको जानकारी दिएका थिए ।

संचारमाध्यमले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षधरले बरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको सूचना वाहिर ल्याएपछि अर्का अध्यक्ष यादवले त्यसको प्रतिबाद गरेसँगै जसपामा ठाकुर र यादव पक्षबीच बिबाद चुलिएको थियो ।

दुवै नेताबीचको बिबादलाई समाधान गर्न भन्दै मंगलबार दिउँसो दुवै नेताको हस्ताक्षरमा ८ बुँदे विज्ञप्ति जारी भएको थियो । तर, एक घण्टा नबित्दै ठाकुरले जसपा संसदीय दलको बैशाख ३० को निर्णयले सांसद राजेन्द्र महतोलाई नेता चयन गरेको भन्दै संसद सचिवालयमा पत्र दर्ता गरेका छन् ।

संसद सचिवालयले पनि ठाकुरले पठाएको पत्रलाई मान्यता दिँदै पत्र दर्ता गरेको छ । संघीय संद सचिवालयले मंगलबार नै सो पत्र १३७९ नम्वरमा दर्ता गरेको छ ।

ठाकुरले दर्ता गराएको पत्रमा ‘बैशाख ३० गते बसेको पार्टी संसदीय दलको बैठकले दलको बिधान २०७७ अनुसार दलको नेतामा राजेन्द्र महतोलाइृ निर्वाचित गरेको व्यहोरा जानकारी गराईन्छ । संसदीय दलको विधान, संसदीय दलको बेठकको माइन्युटको प्रतिलिमि यसै पत्र साथ संलग्न गरिएको छ’ उल्लेख छ ।

उता यादवले जेठ २ गते संसद सचिवालयका महासचिवलाई संवोधन गर्दै लेखिएको पत्रमा जसपाको अन्तरिम बिधान २०७७ को धारा २८ को उपधारा २ मा पार्टीको संघीय संसदीय दलको आफ्नै बिधान हुने र उपधारा ३ मा केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको बिधान अनुमोदित हुनुपर्ने व्यवस्था भएकोमा हालसम्म दलको बिधान नबनेको जनाएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन गर्नु पर्ने सो विधान नै नबनेको दाबी गर्दै यादवले पत्रमा भनेका छन् –‘दलको बैठक बसी नेता चयन नभएको अवसथामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्तो अबैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हार्दिक अनुरोध गर्दछौं ।’

महन्थ ठाकुरले पत्र लेख्दै दलको नेतामा चयन गरिएका नेता महतो पार्टीका बरिष्ठ नेता हुन भने पूर्व राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य हुन् । ठाकुर पनि राजपा पृष्ठभूमिका नेता हुन् । दलको नेता चयनको विषयलाई लिएर जसपा भित्र फेरि ठूलै किचलो हुने देखिन्छ ।
हेर्नुस् दुवै नेताले संघीय संसद सचिवालयमा गरेको पत्राचार –

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ४, २१: १४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ४, २१: १४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ४, २१: १४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...