
नयाँ बिकल्प,
काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली नागरिकले ज्यान गुमाई रहेको अवस्थामा देश भित्रै एक ठाउँका नेपाली आफ्नो गन्तव्यमा पुग्न नपाएर बिचल्ली भइरहँदा सरकारको ध्यान भने बिदेशी नागरिकको सेवामा गएको छ ।
निषेधाज्ञाले नेपालकै कैयन स्थानमा नेपालीहरु हवाई सेवा नपाएर बिचल्लीमा परेका छन त र आन्तरिक उडान नहुँदा असाध्यै महंगोमा हेलिकप्टर रिजर्भ गरेर कोरोना संक्रमितलाई अस्पताल लैजानु पर्ने स्थिति छ । तर सरकारले भने नेपालमा रोकिएका एक देशका नागरिकलाई तेश्रो देश जान हवाई सुविधा दिइ रहेको छ ।
घटना मंगलबारको हो नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत साउदी अरब लैजान थालिएको छ । भारतमा फैलिएको खतरनाक कोरोना भाईरसको संक्रमणका कारण साउदी अरवले भारतबाट सिधा उडान बन्द गरेको छ ।
नेपाल र भारतबीच लकडाउनमा पनि हवाई उडान जारी रहँदा भारतबाट नेपाल आएका भारतीय नागरिकलाई मंगलबार र बुधबार गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत साउदी अरब लैजान थालिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।
भारतीय दूतावासको आग्रहमा नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब पुर्याइदिन लागिएको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् । साउदी अरबले भारतको सिधा उडान रोकेपछि भारतीयहरु नेपाल हुँदै त्यसतर्फ गइरहेका थिए।
नेपालमै रोकिएका अन्य देशका नागरिकलाई पनि गन्तब्यमा र्पुयाइदिने उद्देश्यले अर्को हप्ता कतार एयरवेज र टर्किस एयरवेजलाई पनि उडान अनुमति दिने तयारी भइरहेको बुझिएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...