बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
नेपालमा तेस्राे प्रकारकाे काेराेना संक्रमण पुष्टि

बालबालिकालाई कोरोना खोप लगाउने ब्यावस्था गर्ने देउवाकाे आग्रह


नयाँ विकल्प,


काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउने र त्यसबेला बालबालिका धेरै प्रभावित हुने विज्ञहरूले बताइरहेकोले सरकारले कोरोना खोप लगाउने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।

केन्द्र तथा सातवटै प्रदेशमा रहेका अस्पतालहरूमा विशेष वार्ड तथा आइसियूलगायत व्यवस्थापन गर्न तथा १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने प्रक्रया अगाडि बढाउन देउवाले सरकारलाई आग्रह गरेका हुन्।

‘कोरोनाभाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन्,’ देउवाले ट्वीट गर्दै भनेका छन्, ‘म सरकारलाई केन्द्र र सातै प्रदेशमा बालबालिकालाई अस्पतालमा विशेष वार्ड तथा आइसियूलगायत तयारी गर्न र १२ वर्षमाथिका बालबालिकालाई खोप सुरू गर्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु।’

पछिल्लो समय नेपालमा कोरोनाभाइरसका संक्रमित र त्यसबाट मृत्यु हुनेहरूको संख्या वृद्धि भइरहेको छ।
नेपालमा तेस्राे प्रकारकाे काेराेना संक्रमण देखिएसंगै बालबालिका जाेखिममा पर्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ५, ०८: ५८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ५, ०८: ५८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ५, ०८: ५८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...