
नयाँ विकल्प,
काठमाडाैं-नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ। बरालको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार ९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित घरमै निधन भएको हो।
उनको आजै दिउँसो अन्तिम संस्कार गरिने छ। बराल नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भए।
राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए। २०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए। छोटो अवधिमा नेपाल प्रहरीको उच्च पदमा समेत पुग्न सफल भए।
२०३५ सालमा अवकास पाएका बराल ६ वर्ष नेपाल प्रहरीको प्रमुख भएका थिए। प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भए। २०४३ सालको राष्ट्रिय पञ्चायतमा उनी सांसद मनोनित भएका थिए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...