
नयाँ विकल्प,
काठमाडाैं-सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो ।
बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोक्ने क्रममा झडप भएको थियो । युवाको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रहरीले पनि गोली चलाएको थियो ।
गोली लागेका राजभरलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई जिल्लाको शहीद स्मृति अस्पतालमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीले सोधपुछ गर्न खोज्दा युवाले ढुंगामुडा गरेपछि आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...