
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको लागि बिहीबार बागमति प्रदेशमा हुने निर्वाचनको पूर्वसन्ध्यामा बक्तव्यबाजी गर्दै एमालेका उम्मेदवारको पक्षमा मत मागेपछि निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट बागमति प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा भोट दिन आग्रह गर्दै को वक्तव्य आएको केही समयपछि नै आयोगले त्यस्तो बक्तव्यलाई आचारसंहिता विपरित वक्तब्य भनेको हो ।
आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरित वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएको भन्दै आचारसंहिता विपरितका त्यस्ता कार्यप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विज्ञप्तिमा ‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कातर्फ आफैं आचारसंहिता विपरितका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन’ भनेको छ ।
ओलीले बुधबार एक अपिल जारी गर्दै थापा नेपालको कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता भएको र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने दाबी गर्दै ह्वीप नै जारी भइसकेकाले कसैले पालना नगरे क्षम्य नहुने चेतावनी समेत दिएका थिए ।
पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय आफ्नो पार्टीमा कल्पना बाहिरको कुरा भएको ओलीले बक्तव्यमा जनाएका छन् ।
बादलको प्रतिस्पर्धीका रुपमा स्वतन्त्र उम्मेदवार भएका संघीयता बिज्ञ डा. खिमलाल देवकोटा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । उनलाई विपक्षी नेकपा माओबादीले प्रस्ताव गरेको हो भने नेपाली कांग्रेस र जसपाले समर्थन गरेको छ ।
नेता नेपालको सल्लाहमा उम्मेदवार बनेका देबकोटाको पक्षमा भोट दिन वा नदिन भनेर नेता नेपालले भने कुनै बक्तव्य जारी गरेका छैनन् ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...