बादललाई नेपाल समूहले नसघाउने भएपछि बढारिने निश्चित – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

बादललाई नेपाल समूहले नसघाउने भएपछि बढारिने निश्चित


नयाँ बिकल्प,
काठमाडौं । बागमति प्रदेशमा सत्तारुढ नेकपा एमाले बलियो भएपनि भोली बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलका पक्षमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नखुल्दा उनी कमजोर सावित भएका छन् ।

सत्तारुढ एमाले भित्रको आन्तरिक बिबादकाबीच भएको यो चुनावमा एमालेकै असन्तष्ट भएका माधवकुमार नेपाल पक्षका डा. खिमलाल देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेपछि बलियो उम्मेदवारको रुपमा देखा परेका छन् ।

एमाले विवादले फुटको संघारमा पुगेपछि नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीहरुकै सहयोग र समर्थनमा देवकोटा उम्मेदवार चयन भएका हुन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच सहमतिपछि एमालेभित्र विवाद समाधान कार्यदलले समाधानको बाटो खोजिरहेको बेलामा यो निर्वाचनले विवाद झन बढ्ने देखिन्छ ।

आफैले उठाएको आफ्नै पक्षको उम्मेदवारलाई भोट नहाल्नुस भन्ने नैतिकता र ताकतमा नेपाल पक्षमा नेताहरु छैनन् । उता एमालेबाट उम्मेदवार बनेका बादल भने नयाँ अनुहार हुन कार्यकर्तामाझमा ।

उम्मेदवार भएका गृहमन्त्री बादल भोट माग्न नेता नेपाल निवासमा मंगलबार पुगे पनि नेता नेपालले आफ्नो प्रेस सहयोगी मोहन गौमतमार्फत आफ्नो उम्मेदवार देवकोटा नै भएको कारणले बादलको पक्षमा भोट हाल्न आग्रह गर्न नसकिने धारणा स्पस्ट पारिसकेका छन् ।

बादलको पक्षमा नेता नेपाल रहेको कुरा एमालेमा ओली पक्षधरबाट कार्यदलमा बसेका प्रदीप ज्ञावलीले दाबी गरे पनि नेता नेपालको मंगलबार साँझको विज्ञप्तिले बादललाई जित्न मुस्किल पर्ने निश्चित छ ।

बागमती प्रदेशमा एमालेका ५७ सांसद् छन् । प्रदेशभरका स्थानीय तहमा एक सय ३३ गरी एमालेका जम्मा एक सय ८९ मतदाता छन् । प्रदेशसभाको ५७ मध्ये पशुपति चौलागाईंको मृत्यु भएपछि अहिले ५६ सांसद् छन् ।

यसको कुल मतभार ५ हजार १ सय ३० हुन्छ । तर, एमाले विभाजित भएपछि संस्थापन पक्षमा प्रदेशसभामा ३७ र स्थानीय तहमा ८७ मतदाता छन् । यसको कुल मतभार ३ हजार २ सय १० हुन्छ ।

नेता नेपाल पक्षमा २२ प्रदेशसभा र ३८ स्थानीय तहका मतदाता छन् । यसको कुल मतभार १७ सय ४० हुन्छ । यही अवस्थामा माधव पक्षले भोट नहाले बादलले जित्न नसक्ने प्रस्ट हुन्छ।

प्रदेशमा कांग्रेसको २२ र स्थानीय तहमा ६८ गरी ९० मतदाता छन्। यसको मतभार २२ सय ८० हुन्छ भने, प्रदेशसभामा माओवादी केन्द्रको प्रदेशसभामा २३ र स्थानीय तहमा ३३ गरी ५६ मतदाता छन् । माओवादीको मतभार १६ सय ९८ हुन्छ ।

एमाले एकढिक्का भए गृहमन्त्री बादलको जित देखिन्छ । तर, माधव नेपालले आफ्नो उम्मेदवार देवकोटा हो भन्दै गर्दा गठबन्धनको सबै मत आए उनैको जित निश्चित देखिएको छ । माधव पक्षले आफ्नो अडानबाट पछि नहटे ५ हजार ७ सय १८ मतका साथ देवकोटाको जित हुने देखिन्छ । राष्ट्रियसभाको निर्वाचन जित्न ४६ सय मतभार चाहिन्छ ।

राष्ट्रियसभा निर्वाचनको मतदातामध्ये एक प्रदेश सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहको मतभार १८ हुन्छ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ५, २०: ३४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ५, २०: ३४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ५, २०: ३४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...