विवेकशील साझाले आज हुने राष्ट्रिय सभा उपनिर्वाचन बहिस्कार गर्ने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

विवेकशील साझाले आज हुने राष्ट्रिय सभा उपनिर्वाचन बहिस्कार गर्ने


नयाँ विकल्प
काठमाडाैं-राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विवेकशील साझा पार्टीले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने भएको छ। नो भोट लागू गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न उक्त पार्टीले माग गरेको छ।

बागमती प्रदेश अन्तर्गत अन्यतर्फ रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ। यहाँ विवेकशील साझाका ३ जना प्रदेश सभा सदस्य मतदाता छन् तर उनीहरूले आज मतदान नगर्ने भएका हुन्।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ। कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ,’ उक्त पार्टीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागू गर्न पनि सरकार तथा निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय भएको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ अर्थात् नो भोटको विकल्प सामेल नगरिनु खेदजनक छ,’ उनले भनेका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ६, ०९: १५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ६, ०९: १५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ६, ०९: १५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...