
नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशमा भएको उपनिर्वाचनमा
सत्तारुढ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई विपक्षी कांग्रेस, माओबादी, जसपा र एमालेकै माधवकुमार नेपाल पक्षको प्रस्ताव र समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डा. खिमलाल देबकोटा बिजयी हुने निश्चित भएको छ ।
बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म भएको उपनिर्वाचनमा ३ सय ३८ मत अर्थात ९७ प्रतिशत मत खसेको खसेको निर्वाचन आयोगले जनाएको छ ।
जम्मा ३ सय ४८ मतदातामध्येबाट एकजना जनप्रतिनिधि प्रदेश सभा सदस्य पशुपति चौलागाईँको केही दिन पहिले निधन भएको थियो । सात मत भने खसेको थिएन् । अहिले अपरान्ह ५ बजेसम्म भएको मतगणनामा डा. देवकोटा बादलभन्दा निकै मतले अघि छन् ।
बादललाई १०३ अर्थात १८५४ मतभार प्राप्त भएको छ । तर स्वतन्त्र उम्मेदवार देबकोटालाई १२८ अर्थात २३०४ मतभार परेको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले भने २ मत अर्थात ३६ मतभार पाएका छन् ।
प्रदेश सभासद एक मतको ४८ मतभार हुन्छ भने नगर र गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष एक जनाको मतभार १८ मात्र हुन्छ ।
बागममति प्रदेशमा ११० मध्ये १०९ प्रदेश सभा सदस्य छन् भने नगर र गाउँपालिकाको प्रमुख र उप्रमुख गरी २३८ जना मतदाता थिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...